राप्रपा कास्की क्षेत्र नम्बर १ बाट केन्द्रीय उपाध्यक्ष हेमजंगसहित २३ जनाको दाबेदारी

आगामी मंसिर ४ गते हुन लागेको प्रतिनीधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि कास्की क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रत्यक्षमा १३ र समानुपातिकमा १० जनाको नाम सिफाशि गरेको छ । पार्टीले गरेको सिफारिशको आधारमा प्रत्यक्षमा प्रतिनीधि सभातर्फ ५ जना, प्रदेशसभा क मा ५ र ख मा ३ जनाको नाम उल्लेख छ । त्यस्तै समानुपातिकतर्फ प्रतिनीधिसभामा २ जना र प्रदेशसभामा ८ जनाको नाम सिफारिश भएको राप्रपा कास्कीले बताएको छ ।
प्रत्यक्ष प्रतिनीधिसभातर्फ कास्की १ मा राप्रपाको तर्फबाट सिफारिश हुनेहरुमा राप्रपाका केन्द्रीय उपाध्यक्ष हेमजंग गुरुंगसँगै देऊबहादुर गुरुंग, बाबुराम थापा, कृष्णप्रसाद रेग्मी र शालिकराम घिमिरे छन् । राप्रपा केन्द्रीय उपाध्यक्ष समेत रहेका हेमजंग लमजुंग स्थायी घर भएका नेता भएपनि कास्की १ बाट सिफारिश भएका हुन् । त्यस्तै प्रत्यक्ष तर्फ कास्की १ क मा सन्तोष घिमिरे, प्रकाश सापकोटा, हरिबहादुर घर्ती क्षेत्री, हरिप्रसाद धमला र रमेशराज पौडेलको नाम सिफारिश भएको छ । त्यस्तै प्रदेश ख मा सूर्यबहादुर गुरुंग, सन्दीप कुँवर र सचिन थापाको नाम सिफारिश भएको छ ।
त्यसैगरि समानुपातिकतर्फ प्रतिनीधिसभाका लागि कास्की १ बाट भीमसेन गुरुंग र बलराम तिवारीको नाम सिफारिश भएको छ । प्रदेशतर्फ भने राप्रपाका कास्की जिल्ला अध्यक्ष समेत रहेका नारायण गुरुंग , शहिद क्षेत्रबहादुर केसीकी धर्मपत्नी सुनिता केसी, अन्य नेताहरु विष्णुप्रसाद पोखरेल, नारायणप्रसाद सुवेदी, झविन्द्रराज आचार्य, अमृतबहादुर कार्की, गीता गुरुंग र लिलामोहन कुँईकेलको नाम सिफारिश भएर आएको राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले जानकारी दिए ।
राप्रपा कास्कीले बुधबार कास्की क्षेत्र नम्बर २ को उम्मदेवारहरुको नाम सिफारिश गर्ने तयारीमा रहेको जनाएको छ ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया