कास्की कांग्रेसमा गठबन्धनको भेटघाट

पोखरा ।
नेपाली कांग्रेस कास्कीले पोखरामा बिहीबार पाँच दलीय गठबन्धन बीच चियापान तथा भेटघाट कार्यक्रम गरेको छ । कार्यक्रममा बोल्दै नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले इमान्दापूर्वक एकता कायम गरी गठबन्धनका उद्देश्यलाई सफल पार्नुपर्ने बताए । उपलब्धी प्राप्तिका लागि गठबन्धनका दलहरु बीच निरन्तर संवाद, छलफल जारी राख्नुपर्ने भन्दै उनले कास्की कांग्रेसले जिल्लास्तरमा सुरुवात गरेको उल्लेख गरे ।
पोखरा चिप्लेढुङ्गास्थित नेपाली कांग्रेस कास्कीको प्राङ्गणमा आयोजित कार्यक्रममा पाेखराका मेयर धनराज आचार्य, नेपाली कांग्रेसका पूर्व महामन्त्री तारानाथ रानाभाट सहित नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका कास्कीमा रहेका केन्द्रीय र जिल्लास्तरका नेताको सहभागिता थियो ।
कास्कीमा पाँच दलीय गठबन्धनका नेता बीच परिचय, छलफल र निर्वाचनको वातावरण निर्माण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएकाे जानकारी कास्की कांग्रेसका सह सचिव नवीन सिग्देलले जानकारी दिए ।
कार्यक्रम कास्की कांग्रेसका सचिव भानु ढकालले संचालन गरेका थिए ।
नेपाली कांग्रेसले शुरु गरेको ‘जनताको साथमा कांग्रेस’ अभियानको पहिलो चरणको कार्यक्रम भोली समापन गरिदैंछ । भोली वीपी जयन्तीसँगै समापनको अवसरमा कास्की जिल्लाभर विविधि कार्यक्रम गरिने कास्की कांग्रेसले जनाएको छ ।









जमे खोला, धारा; कठिन दिनचर्या
‘डिजिटल साक्षरता, अनुसन्धानात्मक पत्रकारिता र नैतिक रिपोर्टिङ’ तालिम : उपलब्धिमूलक
मानवअधिकार उल्लंघनकर्तालाई कारवाही माग
लेखनाथ महोत्सवलाई आमा समूहको साथ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया