समाजवादी ट्रेड युनियन महासंघ गण्डकी प्रदेश इन्चार्जमा पौडेल चयन

समाधान संवाददाता २०७९ भदौ २५ गते १९:१५

पोखरा ।
जनता समाजवादी पार्टी निकट समाजवादी ट्रेड युनियन महासंघ गण्डकी प्रदेश समितिको इन्चार्जमा झलक पौडेल चयन भएका छन् । महासंघको शनिबार पोखरामा भएको प्रथम भेलाबाट इन्जार्जमा झलक पौडेल चयन भएका हुन् ।

भेलाले इन्चार्ज पौडेलसहित २३ सदस्यीय प्रदेश समिति गठन गरेको छ । जसको अध्यक्षमा भिमबहादुर मगराती चयन भएका छन् । जसको उपाध्यक्षमा विराट पौडेल, हिरा मल्ल, श्याम पोखरेल, शिला परियार र मिठु परियार छन् । समितिको सचिवमा रामजुलुङ शर्मा र सहसचिवमा विरोध पौडेल चयन हुँदा कोषाध्यक्षमा हनु कुँवर र सहकोषाध्यक्ष शर्मिला मगराती चयन भएकी छन् ।

कुमार श्रेष्ठ, कुमार गुरुङ, मानबहादुर परियार, भुवन भट्टराई, राधिका धौलाकोट्टि, प्रेम लामा, विरबहादुर परियार, गोपी परियार, गोपाल परियार, रेशमबहादुर गुरुङ, शिव कुँवर र कोपिला परियार सदस्यमा चयन भएका छन् ।

Advertisement

भेलामा जसपा कार्यकारिणी सदस्य पुर्वमन्त्री शिवलाल थापाको प्रमुख अतिथ्यता र समाजवादी ट्रेड युनियन महासंघका अध्यक्ष अर्जुन लम्साल, उपाध्यक्षहरु प्रेम भुजेल, सुरेश मोक्ता र पूर्ण मोक्तानको विशेष उपस्थिति थियो । साथै विभिन्न पार्टीका तहतत्काका अतिथिको सहभागिता रहेको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया