मोबाईल व्यवसायी फुटसलमा योर्स च्वाईस विजयी

पोखरा ।
नेपाल मोबाईल बितरक संघ, गण्डकी प्रदेशको आयोजनामा शनिबार प्रथम अन्तर मोबाईल व्यवसायी कप फुटसल प्रतियोगीता भएको छ । सामसुङ, एम आई र रियलमी मोबाईल मुख्य प्रायोजक रहेको प्रतियोगीतामा आठ टिमको सहभागीता थियो ।
फाईनलमा योर्स च्वाईस मोबाईल एण्ड टेक्निसियनको टिमले मोबाईल स्टेसन टिम लाई ३-० गोलले हराउँदै उपाधि जित्न सफल भएको थियो । प्रथम हुने टिमले बिजेता कप सहित नगद रू २५ हजार ५५५ र दोस्रो हुनेले उपविजेता कप सहित रू १५ हजार ५५५० प्राप्त गरेका छन् । उत्कृष्ट खेलाडी र धेरै गोल गर्न सफल खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरिएको छ ।
फुटसल प्रतियोगीताका विजयी खेलाडीलाई प्रमुख अतिथी पोखरा ईलेक्ट्रोनिक्स संघका अध्यक्ष दधिराम दाहाल, अतिथी नेपाल मोबाईल बितरक संघ, केन्द्रीय बरिष्ठ उपाध्यक्ष शिबराज पहारी, आयोजक संस्थाका अध्यक्ष मनोहर श्रेष्ठ, फुटसल म्याच संयोजक जीवन खत्री लगायतले पुरस्कार वितरण गरेका थिए ।








बाँझो भिरालो जग्गामा सुन्तला फलाएर दलबहादुरले कमाए १६ लाख
चुनाव आउन ७१ दिन बाँकी : समानुपातिक सूची बनाउन दलहरू व्यस्त, आयोगको तयारी तीव्र
फागुन २१ को चुनाव : तीन दृश्यले घटायो सरकार र दलबीचको दूरी
टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया