पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा पवन प्रजापती विजयी

पोखरा ।
पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा पवन प्रजापती विजयी भएका छन् ।
संघको शनिवार भएको निर्वाचनको मतगणना सकिदा पवनले १ हजार ६१३ मतसहित अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धा अर्जुन पोखरेलले ८९७ मत प्राप्त गरे ।
संघका निर्बाचनमा पवन र अर्जुन प्यानल बनाएरै भिडेका थिए । अधिकांश पदाधिकारी र सदस्यमा पवन प्यानलले जितेकाे छ ।
बरिष्ठ उपाध्यक्षमा गाेकर्ण कार्की, बाणिज्य उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, महासचिवमा बलराम आचार्य, उपमहासचिवमा शाेभा गाैतम र काेषाध्यक्षमा दिनेशचन्द्र बाँस्ताेला विजयी भएका छन् । यी सबै पवन प्यानलका हुन् ।
अर्जुन प्यानलले उद्याेग उपाध्यक्षमा मात्र पदाधिकारी जितेकाे छ । उद्याेग उपाध्यक्षमा देवेन्द्र केसी विजयी भएका छन् ।
सदस्यमा पनि पवन प्यानलले नै धेरै जित हात पारेकाे छ । १० जना सदस्य मध्ये ६ जना पवन प्यानलका छन् ।








पहरामा कुहिनो ठोक्काउँदै अघि बढेको सिर्जना यात्रा
नेपाल शिक्षक संघ हरिनासको प्रतिनिधि सभा
सुदूरपश्चिमलाई ८५ रनमै समेट्दै लुम्बिनी लायन्सले जित्यो एनपीएलको उपाधि
र्यान्डममा ‘नीलो प्रेम’ माथि परिचर्चा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया