सीताको नेतृत्वमा राष्ट्रिय सहकारी

पोखरा ।
राष्ट्रिय बहुउद्देश्यीय सहकारी संस्था रामबजारको २० औं साधारण सभाले सीता दाहालको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्वाचित गरेको छ । पोखरामा शनिबार भएको अधिवेशनले समिति उपाध्यक्षमा रवीन्द्र गर्बुजा, सचिव ताराकुमारी थापा केसी, कोषाध्यक्ष कमला पुनलाई पनिा चयन गरेको छ । सदस्यमा टेकबहादुर पुन, डम्बरबहादुर बानियाँ र मधुमाया पुन छन् ।
संस्थाका अध्यक्ष सीता दाहालले विगतमा कोरोनाको बाबजुद संस्थाको सेयर वृद्धि भएको र आर्थिक स्थिति सन्तोषजनक भएको बताइन् । लेखा सुपरीवेक्षण समिति संयोजकमा प्रताप, सदस्यमा गणेशप्रसाद गौतम र रामनाथ भट्टराई चयन भए । निर्वाचन समिति संयोजकमा उमेश पुन थिए ।
सभा उद्धाटन गर्दै पूर्वमन्त्री समेत रहेका संस्थाका संरक्षक उत्तमबहादुर पुनले सञ्चालक समितिका पदाधिकारीलाई ऐन नियममा रही इमानदारीका साथ काम गर्न र अझै अग्रदिशामा लैजान आग्रह गरे । सहकारी सञ्चालक रवीन्द्र गर्बुजा पुनले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव पूर्णप्रसाद शर्माले गरेका थिए ।








पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया