श्रीभण्डार सहकारीको २१ औं साधारण सभा

लेखनाथ ।
पोखरा २९ को श्रीभण्डार पट्नेरी बहुउद्धेश्यीय सहकारी संस्थाले २१ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । प्रारम्भिक चरणमा किसानहरुले उत्पादन गरेको दुधलाई बजारीकरण गर्न स्थापित सहकारीले ५ सय ५४ सेयर सदस्य मार्फत २ करोड ४९ लाख रुपैयाँ सेयर पुँजी बनाउन सफल भएको छ ।
सभाको उद्धाटन गर्दै पोखरा २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङले सहकारी स्थानीय तहको विकासमा जोडिनुपर्ने बताए । संस्थाका अध्यक्ष पदमप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष माधव भण्डारी, राष्ट्रिय सहकारी बैंकका प्रतिनिधि रोशन खतिवडा, दीपशिखा महिला कृषि सहकारीका निवर्तमान अध्यक्ष गोमादेवी आचार्य, सेयर सदस्य बाबुराम सुवेदी, रक्षा भण्डारीले बोलेका थिए ।
संस्थाकी सचिव सपना न्यौपानेले सञ्चालन गरेको कार्यक्रममा आर्थिक प्रतिवेदन कोषाध्यक्ष रामप्रसाद आचार्यले प्रस्तुत गरेका थिए भने उपाध्यक्ष एकनारायण अधिकारीले धन्यवाद ज्ञापन गरेका थिए ।








हिउँ चितुवाको सर्वेक्षण सुरु
पोखरा–२१ मा सुन्तला महोत्सव गते
सम्पादकीय—नयाँ चुनाव र ओलीका चुनौती
वैकल्पिक शक्तिको नयाँ ध्रुव: ६ घण्टाको छलफलपछि रवि र बालेनबिच सहकार्यको सहमति
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया