जोमसोममा बजार अनुगमन

सुन्दरकुमार थकाली
मुस्ताङ
घरपझोङ गाउँपालिका वडा नम्बर ३ र ४ मा आईतबार बजार अनुमगन भएको छ । पुथाङ एयरपोर्ट देखि जोमसोम काठेपुल सम्म सम्मका करिव १५ वटा खाद्य किनारा पसलमा अनुगमन गरिएको हो ।
मुस्ताङका सहायक प्रजिअ घनश्याम गौतमले अनुमगनमा अपेक्षा गरेअनुसार पू्रभावकारी नहुदा न्युन संख्यामा अखाद्य बस्तु भेटिएको बताए । बिस्तारै अभिभावकमा आएको जनचेतनाका कारण पनि अखाद्य बस्तु कम फेला परेको उल्लेख गरे । उनका अनुसार अनुगमनका क्रममा भेटिएको करिव ५ हजार मुल्य बराबरको सामान नष्ट पारिएको जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय ,घरपझोङ गाउँपालिका ,खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र घरेलु तथा साना उद्योग बिकास कार्यालयका प्रतिनिधि सम्मिलित टोलीले अनुगमन गरेका हुन् । वडा अध्यक्ष यमप्रसाद थकालीले स्थानीय तह र प्रशासनको समन्वयमा अनुगमन भएको बताए । उनले बजारलाई चुस्त दुरुस्त राख्न अनुगमनकार्यलाई तिब्रता दिईने उनको भनाई छ ।
‘जनचेतना अभिबृद्धि भएकाले अखाद्य बस्तु भण्डारणमा कमी आएको छ ।आजको बजार अनुगमन हुने सूचना सरोकारवालाले पत्तो पाएपछि कतिपय पसल बन्द भए ।’
स्थानीय तह र प्रशासनको टोलीले पुथाङ एयरपोर्ट र जोमसोमक्षेत्रको होटलहरुलाई अनुगमन नभएको वडा अध्यक्ष थकालीको बताए ।
चैते दशै र औशी तिथिपछि गरिएको यसप्रकारको बजार अनुगमन बेमौसमको फल भएको सरोकारवालाको भनाई छ । उनीहरुले पर्यटकीय सिजन तथा महत्वपुर्ण चाडपर्वमा बजार अनुगमनलाई तिब्रता दिईनु पर्ने जनाएका छन् ।








पोखरा आदर्शका विद्यार्थीलाई साइबर सुरक्षा र अपराध सचेतनाबारे प्रशिक्षण
हेरालो प्रतिष्ठान कास्कीमा धनराज पुरी दोहोरिए
‘पोखरा २४ घन्टा खुला’ गर्न पर्यटन व्यवसायीलाई छैनन् तयार, भन्छन्– ३ सिफ्टमा कर्मचारी खटाउन सकिँदैन
मुम्बईमा आइसिसी टी–२० वर्ल्डकपमा नेपालको खेल प्रत्यक्ष हेर्ने सुवर्ण अवसर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया