
जोमसोम ।
म्याग्दी अन्नपूर्ण ३ दानाको एबिसी क्लबले मुस्ताङमा आयोजित खुला आर्चरी प्रतियोगिता जितेको छ । धौलागिरी युवा क्लब कोवाङले आयोजना गरेको प्रतियोगितामा आयोजकलाई हराउँदै एबिसी विजयी भएको हो । आयोजक धौलागिरीलाई एबिसीले ८ स्कोरले हराएको हो ।
म्याग्दी र मुस्ताङका ११ क्लबको सहभागिता रहेको प्रतियोगिता १५ डोरमा चलाइएको थियो । निर्धारित १५ डोरमा एबिसीले १ सय ४७ स्कोर बटुलेको थियो ।
यस्तै, मिलिजुली युवा क्लब मार्फाले १ सय ३६ स्कोर बनाउँदै तेस्रो स्थान हात पा¥यो । खेलमा ५० खोल भएको थियो । आर्चरी खेल अन्तर्गत गोलाकार फ्रेममा प्रहार गर्नेलाई (खोल) भनिन्छ । यसरी खोलमा प्रहार गर्ने खेलाडीलाई बेग्लै नगद पुरस्कार प्राप्त गर्छन् ।
च्याम्पियन बनेको एबिसीले नगद ५० हजारसहित शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र पायो । उपविजेता धौलागिरीले नगद ३० हजारसहित र तेस्रो स्थान हासिल गरेको मिलिजुली युवा क्लब मार्फाले नगद १० हजारसहित शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो ।
प्रतियोगितामा धौलागिरी युवा क्लब कोवाङका बुद्धि बुढाथोकी सर्वोउत्कृष्ट खेलाडी घोषित भए । उनले नगद ३ हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र हात पारे । प्रतियोगिताको समापन समारोहमा धौलागिरी युवा क्लब जापानका पूर्वअध्यक्ष अनिल भट्टचनलाई आयोजक धौलागिरीले सम्मान गरेको छ । यस्तै अन्नपूर्ण युवा क्लब ताक्लुङका आर्चरी खेलाडी बुद्ध शेरचनलाई विशेष सम्मान गरिएको छ ।
आर्चरी खेल हिमाली क्षेत्रको परम्परागत सांस्कृतिक खेलको रुपमा लिने गरिन्छ । घरेलु खेलकुद क्षेत्रको विकास तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन हुँदै आएको छ ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया