सक्नेरी बुद्ध आमा समूहमा नयाँ नेतृत्व
लेखनाथ ।
पोखरा २६ को बुढीबजारको सक्नेरी बुद्ध आमा समूहको ३२ औं साधारण सभा तथा १० औं अधिवेशनले लक्ष्मी गुरुङको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । सर्वसम्मत चयन भएको समितिको उपाध्यक्षमा धनदेवी गुरुङ, सचिवमा विना गुरुङ, कोषाध्यक्षमा गमबहादुर गुरुङ, सहसचिवमा रिता गुरुङ र सहकोषाध्यक्षमा कुलबहादुर गुरुङ छन् ।
समिति सदस्यमा गौमाया गुरुङ, गंगादेवी गुरुङ, शुसिला गुरुङ, लालमति गुरुङ, भाइकु गुरुङ, लक्ष्मी गुरुङ र ईश्वरीदेवी गुरुङ छन् ।
कार्यक्रमको उद्घाटन गर्दै तमु धि लेखनाथका अध्यक्ष रामप्रसाद गुरुङले महिलाहरुलाई समाजमा अग्रसर बनाउन नेतृत्व दिनुपर्ने र महिलाहरु पनि नेतृत्व लिन पछि हट्न नहुने धारणा राखे ।
समूहकी अध्यक्ष सरस्वतीदेवी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार दुर्गाबहादुर गुरुङ, मेघबहादुर गुरुङ, कृष्णबहादुर गुरुङ, प्राध्यापक मनबहादुर गुरुङ, पूर्व अध्यक्ष नरमाया गुरुङ लगायतले बोलेका थिए ।
तपाईको प्रतिक्रिया