पोखरामा बुधबारबाट बजाज पल्सर एनएस १२५

समाधान संवाददाता २०७९ भदौ २८ गते १७:१७

पोखरा ।

Advertisement

पोखरामा बुधबारदेखि बजाज पल्सर एनएस १२५ लन्च भएको छ । पोखराका लागि आधिकारिक बिक्रेता इच्छा शक्ति अटोमोवाइल प्रालिले बुधबार पत्रकार सम्मेलन गरेर लञ्च भएकाे संस्थाका म्यानेजर भगवान बिजुक्छेले बताए ।

प्रमुख अतिथि पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष पवनकुमार प्रजापति र विशेष अतिथि पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसियसनका अध्यक्ष मोहनबाबु खड्का थिए । एनएस १२५ को मूल्य २ लाख ७९ हजार ९०० रुपैयाँ निर्धारण गरेर बुकिङ खुल्ला गरिसकेको छ ।

गत वर्ष भारतीय बजारमा सार्वजनिक भएको बजाज एनएस १२५ पल्सर सिरिजको सवैभन्दा सानो मोटरसाइकल हो । अब पोखरामा एनएस १२५ सार्वजनिक भएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया