पोखरा बसपार्कमा सहारा क्लबको सरसफाइ
समाधान संवाददाता
२०७९ भदौ २८ गते १७:२७

पोखरा ।
पोखरा बसपार्क क्षेत्रमा सहारा क्लबले सरसफाइ गरेको छ । क्लबले २४ औं वार्षिकोत्सवको अवसरमा मंगलबार बसपार्क क्षेत्रमा बृहत सरसफाइ गरेको क्लबका अध्यक्ष हरिराम गुरुङ (सुरज)ले बताए । सरसफाई कार्यक्रममा पोखरा ९ का वडा सदस्य नन्दुराम गिरीले बोल्दै क्लब निरन्तर सामाजिक कार्यमा लागेको भन्दै प्रशंसा गरे ।
कार्यक्रममा पृथ्वीचोक बसपार्क टोल विकास संस्था, सत्यश्वर आमा समूह, स्थानीय होटल व्यवसायी, क्लबका पदाधिकारी, सदस्य सहित स्थानीयको सहभागिता रहेको सचिव सुनिल राना मगरले बताए । क्लबले बुधबार क्लब परिसरमा खुला रक्तदान कार्यक्रम समेत आयोजना गरेको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले बताए ।
क्लबको साधारण सभा ३० भदौका लागि तय गरिएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया