
राकेश शर्मा ।
म्याग्दी
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालका तीन मुख्य राजनीतिक दल विदेशी शक्तिको गुलाम भएको आरोप लगाएका छन् । एमाले, कांग्रेस र माओवादीका कारण नेपाल विदेशीहरूको रणनीतिक प्रतिस्पर्धास्थल बनेको आरोप लगाएका हुन् ।
देश र जनताको हितमा भन्दा पनि विदेशीको हितका लागि काम गरिरहेको उनको भनाइ थियो । ‘देशका लागि काम गरेको भए सायद अहिले लाखौँ युवाहरु परिवारको पेट पाल्न विदेश जानु पर्दैन्थ्यो,’ उनले भने, ‘अब देश बचाउन र बनाउन राप्रपालाई मतदान गर्न आग्रह गरें ।’
राप्रपाले मंगलबार बेनीमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रम तथा आमसभालाई सम्बोधन गर्दै लिङ्देनले संविधान, नीति, कानुन निर्माणदेखि गठबन्धन, सरकार बनाउन विदेशी शक्ति राष्ट्रले हस्तक्षेप गरेको समेत बताए । ‘आन्तरिक एकता बलियो नभएका कारण नेपाल शक्ति राष्ट्रहरूको रणनीतिक प्रतिस्पर्धास्थल जस्तो बनेको छ,’ उनले भने, ‘नेतृत्वको असक्षमताका कारण यहाँको निर्णय गर्ने शक्ति विदेशीको हातमा पुगेको छ ।’
भष्ट्रचारलाई सामान्य मान्दा देशमा जनताले दुख पाएको बताउँदै नेता र नेतृत्व सुधार्न जनता जागरुक बन्नुपर्नेमा जोड दिए । विगतका निर्वाचनमा सही नेता र पार्टीलाई नेतृत्वमा पुर्याउन नसक्दा युवाहरु रोजीरोटीको लागि विदेश जान बाध्य भएको उनको भनाइ थियो ।
अध्यक्ष लिङ्देनले राजनीतिक नेतृत्व पुस्तान्तरण नभएसम्म परिवर्तन र विकास सम्भव नभएको दाबी गरे । धेरै पटक अवसर पाइसकेका र परीक्षण भइसकेका नेतृत्वबाट देशको समस्या समाधानको सम्भावना नभएको उनको तर्क छ । उनले भने, ‘पुराना नेतृत्वसँग सुन्ने र सक्किने मात्र विकल्प बाँकी छ । असफल नेतृत्वलाई अवसर दिँदा नागरिकले दुःख पाएका हुन्, अब यस पटक र एक पटक राप्रपालाई हेर्नुहोस् ।’
राप्रपाको पछिल्लो महाधिवेशनबाट नेतृत्व हस्तान्तरणको थिती बसाएको बताउँदै लिङ्देनले गत स्थानीय तह चुनावमा धरान र काठमाडौंका नागरिकले ठूला दलको विकल्प रोजेर सच्चिने सन्देश दिएको बताए । कार्यक्रममा राप्रपाका नेता भीमप्रसाद गौचन, जगतप्रसाद गौचन लगायतले पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री सहितको व्यवस्था, पहिचानका लागि धार्मिक स्वतन्त्रता सहितको हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने बताए ।

राकेश शर्मा
शर्मा समाधान राष्ट्रिय दैनिकका म्याग्दी संवाददाता हुन् ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया