ईनरह्विल क्लबले शिशु बिकास केन्द्रमा मनायो बाल दिवस

समाधान संवाददाता २०७९ भदौ २९ गते १७:५६

पोखरा ।
ईनरह्विल क्लब अफ न्युरोड पोखराले पोखरा बगालेटोल स्थित शिशु बिकास केन्द्रका फरक क्षमता भएका बालबालिकासँग बाल दिवस मनाएको छ । क्लबका अध्यक्ष नारायणी बास्तोलाको अध्यक्षता साथै निवर्तमान अध्यक्ष दुर्गा शर्माको संयोजकत्वमा र क्लबका संस्थापक अध्यक्ष एवम डिस्ट्रिक ३५० नेपालका बोर्ड सदस्य निर्मला मल्ल जोशीको उपस्थितीमा बाल दिवस मनाएको हो ।

Advertisement


केन्द्रका फादर अमित लकरालाई खेलकुद/शैक्षिक सामाग्री तथा खानेकुर हस्तान्तरण गरिएको थियो । फादरले त्यहाँ हुँदै आइरहेको गतिबिधी माथी प्रकाश पार्दै क्लबलाई धन्यबाद दिए । कार्यक्रममा बालबालिकाले आफ्नो नृत्यकला प्रस्तुत गरेका थिए । ४६ जना बालबालिका रहेको केन्द्रमा प्रबन्धक एक जना, सहायक प्रबन्धक एक जना, एक शिक्षिका र एक कर्मचारी छन् ।


४० बर्ष अगाडि जापानको सहयोगमा स्थापना भएको केन्द्र हाल भारतीय प्रबन्धकले संचालन गरिरहेका छन् । केन्द्रमा नेपालीको दृष्टि कमैमात्रामा परेको केन्द्रकी शिक्षिका बिमला गुरुङले बताइन् । सरस्वती तझ्याले उपस्थितलाई स्वागत गरेकी थिइन् । फरक क्षमता भएका बालबालिसँग समय बिताउन पाउँदा र सहयोग गर्न पाउँदा हर्षित भएको क्लबका सदस्यको भनाई थियो । कार्यक्रम सञ्चालन क्लबका सचिव गीता केसीले गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया