पोखरा जीरोका स्थानीयले आफैं भत्काउन थाले टहरा

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर ५ का स्थानीयले आफैं टहरा भत्काउन थालेका छन् । जीरो निवासी राजाराम शाहीले आफ्नो घरमा बनाइएको मापदण्ड विपरित रहेको कार पार्कीङको टहरा र सपिङ सेन्टरको टिनको पालीलाई भत्काएका हुन् ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको मापदण्ड विपरीत निमार्ण गरिएका सडक दायाँबायाँका संरचना हटाउने अभियानलाई साथ दिन टहरा हटाउन लागेको शाहीले जानकारी दिए । ‘यो राम्रो काम हो, वडाले पनि सूचना प्रकाशित गरेको छ राम्रो कामको सूरुवात आफैंबाट गनुपर्छ’ उनले भने ।
वडा नम्बर ५ ले जिरो किमीदेखि बागलुङ राजमार्ग सम्मका मापदण्ड विपरित निर्माण गरिएका संरचना हटाउन मंगलबार सूचना प्रकाशित गरेको थियो । सूचना जारी भएको सात दिनभित्र पनि मापदण्ड विपरतका संरचना नहटाए वडा ले नै हटाउन बाध्य हुने र कानुन बमोजिम हटाउँदाको खर्च समेत सम्वन्धित सरोकारवाला व्यक्तिबाट नै असुल उपर गरिने सूचनामा बताइएको छ ।








पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
माछापुच्छ्रे राष्ट्रिय टेनिस सुरु
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया