अर्जुन नेपाली स्मृति पुरस्कार पुरुषोत्तमलाई

समाधान संवाददाता २०७९ भदौ ३० गते ११:४२

पोखरा ।
यस वर्षको अर्जुन नेपाली स्मृति संगीत पुरस्कार अग्रज लोक गायक पुरुषोत्तम न्यौपानेलाई प्रदान गरिने भएको छ । पुरस्कारको राशि नगद १० हजार र सम्मानपत्र छ ।

कृष्णबहादुर श्रेष्ठको संयोजकत्वमा गठित पुरस्कार योग्य प्रतिभा चयन समितिको सिफारिसमा न्यौपानेलाई पुरस्कृत गर्न लागिएको हो । २०६२ मा स्थापित अर्जुन नेपाली स्मृति संगीत पुरस्कारबाट हालसम्म अग्रज लोक गायिका बिमाकुमारी दुरा, हिमाली सांस्कृतिक परिवार, अग्रज लोक गायक प्रजापति पराजुली, संगीतकार बिबी अनुरागी, गायक विवेक श्रेष्ठ, संगीतकार राजकुमार श्रेष्ठ, गायक खड्ग गर्बुजा र गायिका अजुदा थापा पुरस्कृत भइसकेका छ । पुरस्कारको अक्षयकोष राशि २ लख ५ सय ५ रुपैयाँ छ ।

Advertisement

तपाईको प्रतिक्रिया