महेन्द्र गुफा–केआइ सिंह पुलसम्म फुट ट्रयाक बन्ने
पोखरा ।
पोखराको पर्यटकीय क्षेत्र महेन्द्र गुफादेखि केआई सिंह पुलसम्म नालासहितको फुट ट्रयाक निर्माण हुने भएको छ । गण्डकी प्रदेश सरकारले विनियोजन गरेको रकमबाट सडकको दुवै भागमा नालासहितको फुट ट्रयाक र साइकल लेन निर्माण हुने भएको हो ।
बुधबार प्रदेश सरकारका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले यसको सुरुआत गरे । मन्त्री खड्काले कास्कीको उत्तरी भेगको समग्र विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । उनले निर्धारित समयमा नै काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिए ।
पूर्वाधार कार्यालय कास्की प्रमुख डा महेन्द्र बानियाँले फुट ट्रयाक निर्माण पछि यस क्षेत्रको मुहार फेरिने विश्वास व्यक्त गरे । वडा नम्बर १६ का कार्यवाहक अध्यक्ष रामचन्द्र आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा गुफा अभियन्ता गोविन्दबहादुर बस्नेत, निर्माण व्यवसायी बलबहादुर राना, यमबहादुर कार्की लगायतले बोलेका थिए ।
आगामी २ वर्षभित्र निर्माण सक्ने गरी सिम्रन कन्स्ट्रक्सनले ११ लाख ९० हजारमा कामको जिम्मा पाएको छ ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया