सामाजिक सुरक्षा कोषबारे छलफल

पोखरा ।
लेखनाथ क्षेत्रमा रहेका उत्पादनमूलक उद्योग, पर्यटन उद्योग, स्वास्थ्य तथा शैक्षिक संघ संस्थासँग आवद्ध सञ्चालक तथा व्यवस्थापकले बुधबार सामाजिक सुरक्षा कोषसम्बन्धी छलफल गरेका छन् । लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा भएको कार्यक्रममा सामाजिक सुरक्षा कोषका उपनिर्देशक एवं सहप्रवक्ता रोहित रेग्मीले कोषका नीति, नियम तथा प्रावधानबारे कार्यपत्र प्रस्तुत गरे ।
लेखनाथ उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य एवं व्यवसायिक ज्ञान तथा सीप विकास उपसमिति संयोजक विक्रम कर्माचार्यको सभापतित्वमा भएको कार्यक्रममा यस क्षेत्रका उद्योग प्रतिष्ठान, शैक्षिक संस्थान, सहकारी तथा संघ संस्थामा आवद्ध प्रमुख तथा सञ्चालकको सहभागिता थियो ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बाबुराम गिरीले रोजगारदाता र श्रमिकबीच रहेको सम्बन्ध विस्तार गर्दै राष्ट्रिय अर्थतन्त्रमा टेवा पु¥याउनु जरुरी रहेको बताए । उनले नेपाल सरकारसँग मिलेर कार्य गर्न तथा विद्यमान श्रम ऐन, सामाजिक सुरक्षा ऐन नियमावलीमा भएका व्यवस्था बमोजिमका सुविधाकाबारे जानकारी दिन कार्यक्रम सहयोगी हुने अपेक्षा गरे ।
कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय, संघका महासचिव उपेन्द्रराज सुवेदी (राजु), संघका निवर्तमान अध्यक्ष बलराम ढकाल, पूर्व अध्यक्ष सुमन भट्टराई, लक्ष्मीप्रसाद त्रिपाठी, कृष्णहरि भण्डारी लगायतले बोलेका थिए ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया