नवप्रभात माविको वार्षिकोत्सव

पोखरा ।
नवप्रभात माध्यमिक विद्यालय पोखरा–९, नयाँबजारको ५४ औं वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह बुधबार भएको छ । पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले समारोह उद्घाटन गर्दै गुणस्तरीय शिक्षाका लागि शिक्षकहरु प्रतिबद्ध हुनुपर्ने औंल्याए ।
उनले पुरस्कार प्रदान गरी विद्यार्थीलाई प्रोत्साहन गर्ने परिपाटीको प्रशंसा गर्दै गरिब तथा विपन्न विद्यार्थीको पठनपाठनका लागि वडाले सहजीकरण गर्ने स्पष्ट पारे । वडाध्यक्ष मर्सानीले विद्यालयमा सञ्चालित कक्षा ११ र १२ तर्फ व्यवस्थान तथा कानुन विषयको पठनपाठनबाट फाइदा लिन स्थानीय समक्ष आग्रह पनि गरे ।
पोखरा महानगरपालिका शिक्षा महाशाखाका विद्यालय निरीक्षक जीवनप्रसाद रेग्मीले सामुदायिक विद्यालयमा सरकारको ठूलो लगानी रहने गरेको उल्लेख गर्दै आफ्नो कर्तव्यप्रति जवाफदेही बन्न शिक्षक तथा अभिभावकलाई सुझाव दिए । त्यस अवसरमा भूतपूर्व अध्यक्ष गोविन्दध्वज श्रेष्ठ, भूतपूर्व प्रधानाध्यापक नरबहादुर गुरुङ, विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष प्रीति पाण्डे, सहारा आधारभूत विद्यालयका प्रधानाध्यापक लोचना अधिकारी, सल्लाहकार उत्तम जोशी, विद्यार्थी सुरेन्द्र पौडेल लगायतले बोलेका थिए ।
उनीहरुले शिक्षकले पेसाप्रति निष्ठापूर्वक कार्य गर्नुपर्ने, शैक्षिक स्तर वृद्धिका लागि शिक्षकजस्तै अभिभावकले पनि ध्यान दिनुपर्ने, राज्यको लगानी रहेका सामुदायिक विद्यालयलाई सफल बनाउनुपर्ने, शिक्षाका नाममा व्यापार गर्न नहुने, विद्यालयमा पारिवारिक वातावरण हुनुपर्ने लगायतमा जोड दिए ।
प्रधानाध्यापक मायाकुमारी थापाले विद्यालयको समग्र अवस्थामाथि प्रकाश पार्दै आइसिटीलाई विस्तार गर्ने, विद्यालय हाताभित्र सरस्वती मन्दिर निर्माण गर्ने साथै १० जोड २ कक्षा सञ्चालनका लागि भवन निर्माण गर्ने योजना सुनाइन् । उनले सुरक्षा संवेदशीलताका कारण विद्यालय पछाडि सेती नदीतर्फको भागमा तारबार गर्नुपर्ने, कार्यक्रम सहजताका लागि सभाहलमा जिप्सन राख्नुपर्ने आवश्यकता उल्लेख गरिन् ।
कार्यक्रममा विद्यार्थी सोनिया नेपाली, प्रमिशा कार्की, नमूना भट्टराई, सरिना रानाभाट, विवेक गुरुङ, अमृता पौडेललयायत नेतृत्वमा विभिन्न प्रस्तुति गरिएको थियो । उत्कृष्ट शिक्षकबाट ममता गुरुङ सम्मानित भइन् भने शैक्षिक तथा खेलकुद विद्यातर्फका विभिन्न पुरस्कार पनि वितरण गरियो । विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रधानाध्यापक पद्मलाल बास्तोलाले स्वागत र शिक्षक विनप्रसाद पौडेलले सञ्चालन गरेका थिए ।








भारतीय टोलीद्वारा पर्वत र बागलुङको धार्मिक यात्रा : धार्मिक पर्यटन प्रवर्द्धनमा जोड
समानुपातिक सिटको नयाँ आधार तय : खस–आर्यको हिस्सा घट्यो, मधेशी र मुस्लिमको बढ्यो
लोक–रकबाट नेपाली पहिचान उचालेका अमृत गुरुङ पोखरा रत्न
लेखनाथका समाजसेवी उद्यमी चन्द्रकृष्ण कर्माचार्य पोखरा रत्न
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया