पोखरामा होटल रेष्टुरेन्टलाई स्तर अनुसारको स्टिकर

समाधान संवाददाता २०७९ भदौ ३० गते १७:३४

पोखरा ।
पोखरामा होटल तथा रेष्टुरेन्टको खाद्य स्वच्छता मूल्यांकन गरेर स्तरीकरण सुरु गरिएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पोखराले होटल तथा रेष्टुरेन्ट स्तरीकरणको थालेको हो । अति उत्तम, उत्तम, सन्तोषजनक र समानय रहेको खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख शिवजी बरालले जानकारी दिए ।

Advertisement

रेष्टुरेण्टको बर्गीकरणका लागि ५० वटा प्रश्नावली उल्लेख छ । उक्त प्रश्नावली र अतिउत्तम श्रेणीको होटेल रेष्टुराँले तीन वटा तारा र हरियो स्टीकर पाउनेछ । यो लोगो पाउन होटेल रेष्टुराँले तोकिएको मापदण्डबमोजिम ९० भन्दा बढी अंक प्राप्त गर्नुपर्छ ।

त्यस्तै, उत्तम श्रेणीको दुई वटा तारा र हरियो स्टीकर पाउनेछन् । यो लोगो पाउन ८० भन्दा माथि ८९ सम्मको अंक प्राप्त गर्नुपर्ने हुन्छ । सन्तोषजनकको लोगो पाउन ६५ देखि ७९ बीचको अंक प्राप्त गर्नुपर्छ । यस्तो होटेल रेष्टुरेण्टले एउटा तारा र हरियो स्टिकर पाउँछन् । सामान्य श्रेणीको लोगोमा सामान्य लेखेको स्टिकर उल्लेख हुनेछ । यसमा ५० देखि ६० बीचको अंक प्राप्त गर्नुपर्छ ।

यसलकाई सामान्य श्रेणीमा राखिएको छ । व्यवसायीले लोगोको प्रकृतिबमोजिम प्रतिवद्धता जाहेर गरेरमात्र स्तरीकरण लोगो पाउनेछन् । यसरी दिइएको स्तरीकरणको स्टिकर एक वर्षका लागि मान्य हुने छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले तयार गरेको खाद्य स्वच्छताका आधारमा होटल, रेष्टुरेन्ट स्तरीकरण गर्ने सम्बन्धी निर्देशिकाका अनुसारको खाद्य स्वच्छता कायम नगर्ने व्यवसायीको लोगो प्रमाणपत्र जफत, परिवर्तन वा फिर्ता हुनसक्ने व्यवस्था छ ।

यो अभियानमा पृथ्वी चोकका १७ होटल एण्ड रेस्टुरेन्टले उत्तमको स्टिकर पाएका छन् । निरीक्षणमा मापदण्ड पूरा नभई सुधार गर्नुपर्ने भेटिएका होटलहरुलाई सुधार गर्न निर्देशन दिइने शिवजी बरालले बताए । कामदारको व्यक्तिगत सरसफाइ, भान्छा, रेष्टुरेन्टमा बसेर खाने ठाउँ, भण्डारणसम्मको सरसफाइ हेरेर मुल्यांकन गरिने बरालले बताए । खानामा दिइने गुणस्तरियता, खाना बनाउन प्रयोग गरिने तेल लगायत सामग्री के कस्तो प्रयोग गरिएको छ भन्नेलगायतको जाँच गरेर मूल्यांकन गरिने बताइएको छ ।

Advertisement

छिट्टै लेकसाडडका रेष्टुरेण्टमा मूल्यांकन गरेर स्टिकर प्रदान गरिने उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपिल कोइरालाले बताए । होटल व्यवसायीले ग्राहकलाई उपलब्ध गराएको खाद्य गुणस्तरका आधारमा स्टिकर प्रदान गरिने छ । प्रत्येक वर्ष गुणस्तरका आधारमा मुल्यांकन गरिने उनको भनाइ छ । अनुगमन र निरीक्षणका क्रममा कैफियत देखिए एक महिना सुधारको मौका दिने र उक्त अवधिमा पनि सुधार भएको नपाइए श्रेणीअनुसार एक तह घटुवा गर्ने व्यवस्था निर्देशिका छ । लोगो प्रमाणपत्र पाउने खाद्य व्यवसायीले म्याद सकिएको तीन महिनाभित्र नवीकरण गर्नुपर्ने व्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया