समाधानकर्मी कुँवरलाई क्रियाशील पत्रकारिता पुरस्कार

पोखरा ।
समाधानकर्मी श्यामनाथ कुँवर प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुने भएका छन् । प्रेस काउन्सिल नेपालले शुक्रबार सार्वजनिक गरेको प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार पाउने सूचीमा समाधानकर्मी कुँवरको नाम समावेश छ ।
प्रेस काउन्सिलले हरेक वर्ष विभिन्न पुरस्कारबाट पत्रकारलाई सम्मान गर्दै आएको छ । यस वर्ष पनि ५३ औँ वार्षिकोत्सवको अवसरमा असोज ६ गते पत्रकारलाई सम्मान गर्ने कार्यक्रम छ । समाधानकर्मी कुँवर झन्डै साढे २ दसकदेखि पोखराको पत्रकारितामा क्रियाशील छन् ।
यस वर्ष पुरस्कृत हुने पत्रकार तथा सञ्चारमाध्यमलाई आचारसंहिताको पूर्ण पालना गराई विश्वसनीयता जगाउन प्रोत्साहित गर्ने विश्वास लिएको काउन्सिलको सूचनामा उल्लेख छ । प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष एवं पत्रकारिता क्षेत्रका मूर्धन्य व्यक्तित्व स्व. गोपालदास श्रेष्ठको नाममा स्थापित १ लाख ५१ हजार राशिको गोपालदास पत्रकारिता पुरस्कार तथा प्रेस काउन्सिल नेपालका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको नाममा विस २०७२ सालमा स्थापित प्रेस काउन्सिल सुरेन्द्रबहादुर पत्रकारिता पुरस्कार २०७३ देखि वरिष्ठ पत्रकारलाई दिन थालिएको हो ।








पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया