एमालेले आज समानुपातिक उम्मेदवार टुंग्याउने

काठमाडौं ।
नेकपा एमालेले मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन अन्तर्गत समानुपातिकतर्फका उम्मेदवार आइतबार टुंगो लगाउने भएको छ । शनिबार अध्यक्ष केपी ओली निवास बालकोटमा बसेको सचिवालय बैठकमा महासचिव शंकर पोखरेलले समानुपातिक सूचीमा राख्ने नामबारे सामान्य जनाकारी गराएका थिए ।
एमाले उपमहासचिवसमेत रहेका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले समानुपातिक सूचीबारे कानुनी प्रक्रिया र संख्याबारे सामान्य जानकारी गराएको र आइतबार बस्ने बैठकमार्फत टुंगोमा पुग्ने जानकारी दिए । ‘आजको बैठकमा महासचिवले प्रतिनिधि सभामा सिफारिस गर्नुपर्ने १ सय १० नामको कानुनी प्रक्रिया र सयाबारे जानकारी गराउनुभयो’, गुरुङले भने, ‘सात वटा प्रदेशमा सिफारिस गर्नुपर्ने २ सय २० जना सदस्यको क्लस्टरवाइजका बारेमा पनि बैठकलाई जानकारी गराउनुभयो ।’
बैठकले अछाम, दार्चुला लगायतका जिल्लामा वर्षाका कारण भएको जनधनको क्षतिप्रति दुख प्रकट गर्दै पीडामा परेकाहरूलाई उद्धार र राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको नेता गुरुङको भनाइ छ ।








कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
जनप्रिय क्याम्पसको गरिमा कायम राख्छुः राजेन्द्र
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया