बालिकालाई स्टेसनरी वितरण

पोखरा ।
कमजोर आर्थिक अवस्थाले बीचमै विद्यालय छोड्न सक्ने बालिकालाई विद्यालयमा निरन्तरताका लागि मानव बेचविखन विरुद्धको सवालमा काम गरिरहेको संस्था शक्ति समूहले शैक्षिक सहयोग गरेको छ । संस्थाले राष्टिय बाल दिवसको अवसर पारेर पोखरा महानगरभित्रका ५ विद्यालयमा बिहीबार ओयुआरको आर्थिक सहयोगमा सञ्चालित परियोजनामार्फत सहयोग उपलब्ध गराइको हो ।
तालबाराही मावि, धर्मस्थली आधारभूत विद्यालय, सरस्वती आधारभूत विद्यालय, ज्ञानभूमि मावि र मसिना आधारभूत विद्यालयका २५ बालिकालाई झोला, पोशाक, स्विटर, जुत्ता, मोजा, कापी, कलम, क्यालकुलेटर लगायत एक वर्षका लागि पुगने शैक्षिक सामग्री सहयोग गरिएको हो ।
आर्थिक अवस्था कमजोर भएका बालिकालाई पोखरा महानगरपालिकाको शिक्षा महाशाखासँग समन्वय गरी शैक्षिक सामाग्री वितरण गरिएको शक्ति समूहका गण्डकी प्रदेश संयोजक सरिता पौडेलले बताइन् । आवश्यकता परेको ठाउँमा राज्यबाट पनि अभियान चलिरहेकाले यस अभियानमा शक्ति समूहको सहयोगले अझ प्रेरणा थप्ने पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले बताए ।
समूहकी कार्यकारी निर्देशक बालकुमारी दर्लामीले संस्थाले मानव बेचबिखन विरुद्धको सवालमा गर्दै आएका कामका बारेमा जानकारी दिइ । उनले आगामी दिनमा विद्यालयलाई थप सेवा मिलोस् र विद्यार्थीलाई प्रविधिमैत्री वातावरणमा सहयोग गर्न प्रत्येक विद्यालयमा २ कम्प्युटर वितरण गरिने जानकारी दिइन् ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया