एनसेलका नयाँ अफर

काठमाडौं ।
एनसेल आजियाटा लिमिटेडले आठौं संविधान दिवसको अवसरमा आइतबारबाट लागू हुने गरी २ विशेष अफर ल्याएको छ । यो अफर अन्तर्गत ग्राहकले आकर्षक अनलिमिटेड डेटा र अन नेट भ्वाइस प्याकका साथै अल नेट भ्वाइस र एसएमएस प्याकको फाइदा लिन सक्छन् ।
यी प्याक आइतबारबाट ३ दिनका लागि मात्र सञ्चालनमा रहनेछन् । असोज ३ गते सोमबार आठौं संविधान दिवस मनाइँदै छ ।
ग्राहकले एक दिन समयावधि रहेको अनलिमिटेड डेटा र अन नेट भ्वाइस प्याक करसहित ५९ रुपैयाँमा खरिद गर्न सक्छन् । यो प्याक सुचारु गरेपछि ग्राहकले एक दिन अर्थात २४ घण्टासम्म अनलिमिटेड डेटा र अन नेट भ्वाइस सेवा लिन पाउँछन् ।
एनसेलबाहेक अन्य सेवा प्रदायकका नम्बरमा यो अफर अवधिभर अझ सुलभ दरमा कल गर्न र एसएमएस पठाउन ग्राहकले मात्र ९५ मा २ सय मिनेट अल नेट टक टाइम र २ सय वटै एसएमएस बन्डल भएको प्याक लिन सकिन्छ । यस प्याकमा पाइने अल नेट टक टाइम र एसएमएसको समयावधि ३ दिनको छ ।








न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया