लेखनाथ पब्लिकमा स्वागत
समाधान संवाददाता
२०७९ असोज २ गते १६:५२

लेखनाथ ।
न्यु लेखनाथ पब्लिक एकेडेमी पोखरा ३० शिशुवामा कक्षा ११ का विद्यार्थीलाई स्वागतसहित अभिमुखीकरण आयोजना गरिएको छ । पोखरा ३० का वडा सदस्य विनोद लामिछानेले कक्षा ११ मा भर्ना भएका विद्यार्थीको उज्ज्वल शैक्षिक भविष्यको कामना गर्दै असल नागरिक बनेर राष्ट्र निर्माणमा योगदान गर्न आग्रह गरे ।
कार्यक्रममा व्यवस्थापन संकायको महत्व एवं विद्यार्थीले ध्यान दिनुपर्ने विषयमा नबिल बैंक लिमिटेड बगर शाखाका प्रबन्धक एवं प्राध्यापक दिनानाथ अधिकारीले प्रकाश पारे । विद्यालय सञ्चालक समिति अध्यक्ष दयाराम तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा प्राचार्य ऋषिकान्त अधिकारी, शिक्षक हरिराज अधिकारी, लक्ष्मी बाँस्तोला, शिक्षक सकुन्तला शर्मा, नव आगन्तुक विद्यार्थी जेनिशा भुजेलले लगायतले बोलेका थिए ।
सम्बन्धित







एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया