तथ्याङ्क विहीन स्याङ्जाका सरकारी कार्यालय

स्याङ्जा ।
स्याङ्जाका सरकारी कार्यालय तथ्याङ्क विहीन बन्न थालेको छ । राज्य ३ तहको संरचनामा गएसँगै तथ्याङ्क लिने निकाय कुन तह हो भन्ने अन्यौल भएको हो । कृषकको आवश्यकता एकातिर, कृषि प्रर्वद्धन गर्ने सरकारी कार्यालयको बजेट अर्कोतिर हुँदा कृषक मारमा परेका छन् । संघ, प्रदेश र स्थानिय तहमा मात्र होइन जिल्लामा समेत कृषि प्रवद्र्धन गर्ने विषयगत सरकारी कार्यालयको प्रगती काजगमा मात्र सिमित हुने गरेको छ ।
जिल्लामा योजना तयार गर्ने र त्यही योजनाको आधारमा प्रत्येक बर्ष आर्थिक बाँडफाँड गर्ने सरकारी कार्यालयहरुमा तथ्याङ्क अध्याबधिक हुन सकेको छैन । विशेषगरी कृषि तथा पशुसँग जोडिएका कार्यालयहरु तथ्याङ्क विहिन बनेका हुन् । जिल्लाभित्र कृषि जन्य बस्तुको उत्पादन, उत्पादकत्व, अयात र निर्यात कति हुन्छ ? भन्ने जानकारी बिनानै बजेट बिनियोजन हुँदा कृषकहरु मर्कामा परेका हुन् ।
कृषकको आवश्यक एकातिर , कृषि प्रर्वद्धन गर्ने सरकारी कार्यालयको बजेट अर्कोतिर हुँदा कृषि क्षेत्रमा बास्तवीक लक्ष्य प्राप्त गर्न सकिएको छैन ।कृषिजन्य वस्तुको निर्यात भन्दा आयातको दर स्याङ्जामा बढि देखिन्छ ।
तर विभिन्न भेला तथा गोष्ठिहरुको कागजी नतिजामा भने उत्पादान बढेको देखाँइदा बास्तविक कृषि पेशा फस्टाउन सकेको छैन । यस्तो प्रवृत्तिले कृषिजन्य उत्पादनको गुणस्तरमा हस आउन थालेको कृषकको गुनासो छ । भिरकोट नपा का अगुवा कृषक राधाकृष्ण अर्याल भन्छन्, ‘दुधको उत्पादन कति हुन्छ भन्ने थहा छैन तर बजारमा बेचिने दुध सेतो चाँही सेतै छ के—के मिसावट छ भन्ने अनुगमन गर्ने कस्ले हो ? ’
अझ मुलुक तिन तहको संरचनामा गइसकेपछि कृषि क्षेत्रको तथ्याङ्क स्थानीय तह , जिल्ला स्थित कार्यालय वा प्रदेश एकआपसमा भरपरेको देखिन्छ । वास्तवीक आफ्ना कृषक कति छन् भन्ने न स्थानिय तहलाइ पत्तो छ न जिल्ला स्थित कार्यालयहरुलाइ नै । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाका प्रमुख डा इन्द्र बहादुर भट्ट भन्छन् तथ्याङ्क नहुँदा योजना वितरणमा समस्या हुने गरेको बताउँछन् । उनी भन्छन्, ‘बास्तवमा यस्ता तथ्याङ्क स्थानीय तहबाट आउन पर्ने हो, त्यहाँबाट आउँदा सही तथ्याङ्क आउने थियो । ’
गण्डकी प्रदेश सरकारले कृषकको आवश्यक्ता बुझ्न नसक्दा प्रदेशमा असफल भएको स्रोत केन्द्र स्थापना कार्यक्रम आर्थिक वर्ष ७९—८० स्वीकृत गरी जिल्ला जिल्लामा पठाएको छ । यस्तै लोकप्रिय कार्यक्रमको बजेट कटौती गरी कार्यक्रम नै अस्विकृत गरेको गुनासो स्याङ्जाका कृषकको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र को प्रमुख कार्यक्रम पशु पंक्षीं प्रवद्र्धन हो । तर पशुलाई ख्वाउने आहारा अर्थात घाँसमा नै कार्यक्रम राखिएको छैन । गल्याङ नगरपालिकाका पशु प्राविधिक सुशील अर्याल भन्छन् , ‘पशु कृषकलाई बचाउन चाहिन पहिलो अहार नै हो । कृषक दुब्लाउँदै जाने हो भने कसरी पशु कृषक फस्टाउँछन् ?’
गत आवमा स्याङ्जामा मात्रै १८ कृषकको फर्म, खोर तथा गोठमा प्राकृतिक प्रकोपले क्षति बनायो । कृषक प्राकृतिक प्रकोपमा परेको बेला उनीहरुलाई पुर्नस्थापित गर्ने व्यवसाय पुर्नस्थापना कार्यक्रमको बजेट पनि यस आवमा कटौती भएको छ । यस्तै कृषकलाई विमा, मासुजन्य तथा दुग्धजन्य सुधारको कार्यक्रम समेत कटौती हुँदा स्याङ्जाका कृषकलाइ मार परेको छ ।
यस्तो समस्या आउनुको प्रमुख कारण तथ्याङ्क अभाव नै हो । कृषि क्षेत्र प्रवद्र्धन गर्न विज्ञ केन्द्र, पशु तथा भेटेरिनरी अस्पतालको कार्यालय जिल्लामा मात्र होइन स्थानिय तहमा पनि छुट्टै नै विषयगत शाखा स्थापना गरिएको छ । पछिल्लो समय यस्ता कार्यालयका कर्मचारीहरु भत्ता आउने कार्यक्रमलाइ मात्र बढावा दिएको देखिन्छ ।







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया