क्यान्सर पीडितलाई नेपाली कांग्रेसको सहयोग

पोखरा ।
बेंसीशहर नगरपालिका ८ का रक्त क्यान्सर पीडित २९ बर्षीय विकास घिमिरेलाई नेपाली काग्रेस वडा इकाई ६ बैदामले आर्थिक सहयोग गरेका छ । संविधान दिवसको अवसरमा इकाई ६ले सहयोग गरेको हो । पोखरा महानगर पालिका वडा ६ बैदामका नेपाली काग्रेसका कार्यकताहरुले आर्थिक संकलन गरि घिमिरेको उपचारमा सघाउ पुर्याउन ३२ हजार ५५ रुपियाँ सहयोग गरेका छन् ।
सोमबार एक कार्यक्रमको आयोजना गरि नेपाली काग्रेस वडा इकाई सभापति सन्तोष पौडेलले विकास घिमिरेकी दिदी पोखरा ६ बैदाम मुलथोक निवासी अनिता घिमिरे बराललाई संकलित रकम हस्तान्तरण गरिएको थियो । सभापति पौडेलले सहयोग ‘रकम सानो भएपनि होस्टेमा हैसे गरेको बताउदैँ आगामि दिनहरुमा पनि सहयोगलाई निरन्तरता दिने’ आश्वासन दिए । आर्थिक संकलन संयोजक राम बहादुर लामिछानेको संयोजकत्वमा भएको कार्यक्रममा दिदी अनिताले आफ्नो भाईको उपचारमा सहयोग गरेको भन्दै धन्यवाद व्यक्त गरिन् ।
उपचारमा धेरे रकम खर्च हुने भएकाले सबैसंग सहयोगको अपिल गरेकी थिइन । भाईको ज्यान बचाईदिन अनुरोध गर्दै सवैले सहयोगी हात बढाउन आग्रह गरेकी छन । विकासको १८ महिना अघि बोनम्यारो प्रत्यारोपण गरिएकोमा अहिले पुनः स्वास्थ्यमा समस्या आएको हो । उपचारमा यसअघि १ करोड रुपियाँ भन्दा बढी खर्च भइसकेको र अहिले पुन उपचारमा त्यतिकै रकम खर्च लाग्ने बताएपछि अपिल गरेको जानकारी गराइन । घिमिरेलाई २०७७ साल साउनको पहिलो साताबाट स्वास्थ्यमा समस्या आएको थियो ।
चैत ९ गते बोनम्यारो प्रत्यारोपण गरिएको थियो । अहिले पुन समस्या आएपछि दिल्लीमा उपचार भईरहेको छ । कार्यक्रममा विश्वेश्वर टोल विकासका अध्यक्ष रविन्द्र कुँवर र इकाई सचिब प्रकास न्यौपाने, नेपालि काग्रेस वडा इकाई समितिका सदस्य प्रदिप छिन्दाल र नेपाल दतिल संघ बैदाम ६का अध्यक्ष सन्दिप दियाली लगाएतका बक्ताहरुले क्यान्सर पिडितलाई सहयोग गर्ने पाएकोमा खुशि व्यक्त गर्दै आफ्ना भनाई राखेका थिए ।








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया