मयूर सहकारीको सभा

समाधान संवाददाता २०७९ असोज ४ गते ११:१५

पोखरा ।
मयूर बहुउद्देश्यीय सहकारीको प्रथम वार्षिक साधारणसभा सोमबार भएको छ । सभामा पोखरा महानगरपालिकाका सहकारी विभागका निवर्तमान अध्यक्ष तेजनारायण अधिकारीले एउटै व्यक्ति धेरै सहकारीमा आवद्ध हुन नहुने औंल्याए । उनले महानगर सहकारीलाई ठूलो बनाउँदै लैजाने योजनामा रहेको जनाउँदै वैद्यताका साथमात्र सहकारी सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

महानगर सहकारी विभागका दर्ता अधिकारी भरतराज पौडेलले सहकारीमा केही रकम भए पनि बचत गर्न सके भविष्यको लागि राम्रो हुने बताए । सहकारीका अध्यक्ष मीनराज खड्काले सहकारी लगानी गर्न चाहनेका लागि भएको बताउँदै यसले आत्मनिर्भर बन्न सिकाइ उद्यमशीलता विकास गर्नुपर्ने उल्लेख गरे ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंक पोखरा शाखा प्रबन्धक नरेश पाण्डेले सहकारीले आपसी सहकार्य गर्न सके अहिलेको आर्थिक समस्या सहज रुपमा समाधान गर्न सकिने सुझाए । कार्यक्रममा ग्रीन डेभलपमेन्ट बैँक बाग्लुङ शाखाका डेपुटी म्यानेजर हरि अधिकारी, जनरल इन्सुरेन्सका बजार विभाग प्रमुख सञ्जीव पौडेल, पामे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अग्निधर त्रिपाठी, नमुना आदर्श आमा समूह मालेपाटनका अध्यक्ष जानुका थापा, सहकारीका सदस्य सुनील पराजुली, उपाध्यक्ष सरस्वती पौडेल, सचिव प्रेमप्रसाद आचार्य , शिक्षा समिति सदस्य रमेश सुवेदी लगायतले बोलेका थिए ।

Advertisement

साधारणसभाले अध्यक्षको प्रतिवेदन, सचिवको २०७८/०७९ को वार्षिक प्रतिवेदन, लेखा समितिको प्रतिवेदन, कोषाध्यक्षले प्रस्तुत गरेको भावी कार्यक्रम तथा अनुमानित वार्षिक बजेट र लेखा परीक्षकको प्रतिवेदन पारित गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया