लेखनाथ सामुदायिक सेवा केन्द्रको पदस्थापना

लेखनाथ ।
लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवाको १६ औं बार्षिक साधारण सभा तथा आठौं अधिवेशनबाट निर्वाचित टिमलाई सोमबार पदस्थापना गरिएको छ । निवार्चन समितिका संयोजक राममणि अधिकारीले नव निर्वाचित अध्यक्ष कृष्णप्रसाद अधिकारी लगायतको टिमलाई पद तथा गोपनियताको सपथ गराएका हुन् ।
सर्वसम्मत रुपमा चयन भएको समितिको उपाध्यक्षमा गंगाकुमारी खनाल, सचिवमा केशवराज तिवारी कोषाध्यक्षमा बुद्धिसागर पौडेल, सह सचिवमा दिपकनाथ भण्डारी र सदस्यमा मायादेवी सापकोटा, कृष्णप्रसाद तिमिल्सीना, मिनामाया श्रेष्ठ, कृष्णप्रसाद ओझा, कुशराज तिमिल्सीना, गौरीदेवी सापकोटा, गणेश प्रसाद ढकाल, कृष्ण प्रसाद सुवेदी, कृष्ण रिजाल र चन्द्रप्रकाश ढुुंगाना छन् ।
समारोहमा बोल्दै डाँडाकोनाक प्रहरीचौकीका प्रमुख प्रकाश दाहालले हामी बर्दी लगाएका प्रहरी हौ भने सामाजिक क्षेत्रमा लाग्ने अगुवाहरु बर्दी बिनाका प्रहरी भएकाले समाजमा सुसासन र जनतामा शान्ति सुरक्षाको प्रत्याभुति गराउनका लागि सहकार्यको खाँचो रहेको विचार राखेका थिए ।
पोखरा महानगरपालिका वडा नं ३० का वडाअध्यक्ष दुर्गा सुवेदीले सामाजिक क्षेत्रमा लाग्ने जो कोहीले पनि स्थानिय सरकारलाई सहयोग गरि विकास निर्माणका काममा हातेमालो गर्नु पर्नेमा जोड दिएका थिए । संस्थाका अध्यक्ष कृष्णप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष मोती गिरी, माटेपानी सेवा केन्द्रकी अध्यक्ष मिरा आचार्य, निर्वाचन संयोजक राममणि अधिकारी, संचारकर्मी नवराज सपकोटा, निर्वतमान अध्यक्ष त्रिलोचन लामिछाने, पूर्व अध्यक्ष शेरबहादुर गुरुङ र ज्ञानेन्द्र ब्रजगाई लगायतले आ-आफ्नो धारणा राखेका थिए ।
संस्थाका सचिव केशवराज तिवारीले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष गंगा खनालले राखेकी थिईन् ।









लोक दोहोरी प्रतिष्ठान गण्डकीको अध्यक्षमा माया गुरुङ
प्रविधिको विकासले हिंसाका स्वरुप फेरिए
पत्रकार भरत कोइरालालाई निट पत्रकारिता पुरस्कार
एनपिएलः चार टोली च्याम्पियन बन्ने दौडमा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया