फिस्टेलद्वारा सिर्जना बहिरा माविलाई सहयोग

पोखरा ।
पोखरा १७ तल्लो विरौटामा अवस्थित फिस्टेल एकेडेमीका विद्यार्थी र शिक्षकले पोखरा–२६, लेखनाथ अर्घौस्थित सिर्जना बहिरा माविका विद्यार्थीलाई सहयोग गरेका छन् । विद्यालयमा कक्षा ४ मा अध्ययनरत विद्यार्थीहरुले सो स्कुल अवलोकन पश्चात् स्टेसनरी सामग्री सङ्कलन गरी सहयोग गरेका हुन् ।
विद्यालयमा अध्ययनरत विद्यार्थी र शिक्षकहरुबाट किताब, कापी, कलम, सिसाकलम लगायत स्टेसनरी सामग्री आइतबार विद्यालय प्राङ्गणमा एक कार्यक्रम आयोजना गरी हस्तान्तरण गरिएको थियो ।
सिर्जना बहिरा माविका शिक्षक र विद्यार्थीहरुको टोलीले आइतबार विद्यालय भ्रमण गरेको थियो । भ्रमणपछि कक्षा ४ का विद्यार्थीहरुको सक्रियतामा सङ्कलन गरिएको स्टेसनरी सामग्री हस्तान्तरण गरिएको जानकारी विद्यालयका सञ्चार संयोजक गोपाल खनालले दिए ।
विद्यालयले गत महिना राष्ट्रिय आविष्कार केन्द्रलाई एक लाख रुपैया सहयोग गरेको थियो । गत महिना नै विद्यालयमा अध्ययनरत आधारभूत तहका विद्यार्थीहरु सहयोग सामग्री लिएर पोखरा वृद्धाश्रम पनि पुगेका थिए ।








रास्वपाद्वारा गण्डकी प्रदेशका समानुपातिक उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक
पोखरामा गीत सुनाउँदै धनबहादुर
पोखरा र माछापुच्छ्रेमा वृद्धाहरूको गहना लुटपाट : स्कुटर चढेर चोरी गर्ने गिरोहसहित ५ जना पक्राउ
फोहोरलाई मोहोरमा बदल्दै ९ सयलाई रोजगार दिने योजना
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया