अर्जुनको ‘झल्को मेटियो’ बजारमा

पोखरा ।
इन्जिनियरिङमा सक्रिय युवा अर्जुन नेपाली आफ्नो पहिलो सांगीतिक कोसेली ‘झल्को मेटियो’ लिएर बजारमा आएका छन् । ‘झल्को मेटियो’ गीत अर्जुन नेपालीको अफिसियल युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।
गीतमा लोक गायक राजु परियारको लय र शब्द छ । अर्जुन नेपाली र लक्ष्मी खड्काको स्वर रहेको यो गीतमा संगीत संयोजन सुनील परियारले गरेका छन् । निशान बानियाँले निर्देशन गरेको यो गीतमा अर्जुन नेपाली, लक्ष्मी खड्का, आरुषी मगर, सुनील परियारको अभियन छ ।
स्याङ्जाको आँधीखोला गाउँपालिका ५ सेतीदोभानमा जन्म भई हाल सडक विभागको स्थायी इन्जिनियर रहेका अर्जुन सांगीतिक क्षेत्रमा अघि बढेका हुन् । सामाजिक परिवेश अनुसार किशोरावस्थाको परिकल्पना गर्दै बैंसमा देखिएकी मायालुलाई उच्च शिक्षा अध्ययन र जागिरको बाध्यताले गर्दा छोड्नुपरेको र लामो समयपछि सरकारी जागिरे भएर मोटर बाटोको सर्भेमा जाँदमा पुनः उही मायालु भेटिएको प्रसंग गीतमा छ ।







एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया