महानगर लेखा समितिको बैठक

समाधान संवाददाता २०७९ असोज ५ गते ११:५१

पोखरा ।
पोखरा महानगरपालिका कार्यबाहक प्रमुख मञ्जुदेवी गुरुङले महानगरपालिकाले गर्ने सबै गतिविधि पारर्दशी हुनुपर्नेमा जोड दिएकी छन् । महानगर लेखा समितिको बैठकमा बोल्दै उनले आार्थिक रुपमा स्वच्छ, पारर्दशी र नैतिकता माथि प्रश्न उठन नदिने गरी काम गर्नुपर्ने बताइन् । ‘पारर्दशी हुनुपर्छ , नैतिकतामाथि प्रश्न उठ्न दिनुहुँदैन, सबै जिम्मेवार बन्नुपर्छ ।’ उनले लेखा समितिको बैठक बस्ने मात्रै नभई निर्णय कार्यान्वयन हुनुपर्छ उनले भनिन् । कार्यबाहक प्रमुख गुरुङले बेरुजु फछ्यौटमा समितिले ध्यान दिनुपर्ने उनकाे भनाई थियाे । लेखा समितिले राजस्व, लेखा र प्रशासन महाशाखाका बारेमा विभिन्न विषयमा प्रश्न उठाएको थियो ।

समितिले महानगरको लेखा शाखासंंग बेरुजु फछ्यौटकालागि कार्ययोजना र कार्यतालिका बुझाउन निर्देशन दिएको छ । समितिका संयोजक भपट रानाभाटले मंगलबार बसेको लेखा समितिको बैठकमा कर्मचारीसंग चार महिनामा कति बेरुजु फछ्यौट गर्ने लक्ष्य बनाउनुहुन्छ भन्ने प्रश्न गरे । उनले काठमाडौ महानगरले २ अर्व भन्दा बढि तीन महिनामा फछ्यौट गर्दा पोखराले किन गर्नसक्दैन भन्दै प्रश्न गरेका थिए । उनले लेखा समिति बेरुजु फछ्यौट गर्न उत्साहित र आतुर रहेको बताउँदै उदासिन नहुन र जिम्मेवार बन्न कर्मचारीलाई दिर्नेशन दिए ।

पोखरामा महानगरमा २ अर्ब २६ करोड बेरुजु रहेको छ भने त्यस मध्य २२ करोड ९७ लाख पेश्की बेरुजु रहेको छ । त्यस्तै समितिले महानगरको खर्चमा मितव्ययिता कायम गर्न सुझाव दिदैं महानगर कार्यपालिकाको बैठक आफनै कार्यालयमा नबसेर किन होटलमा बसेको भन्दै खर्च विवरण समेत माग गरेको छ । स्थानिय तहको निर्वाचन सम्पन्न भएर आएसँगै कार्यपालिका सदस्यलाई दिएको तालिमको खर्च विवरण र गत आर्थिक वर्षमा भएको खाजा खर्च वापत सार्वजनिक विषयमा उठेको विषयमा पनि समितिले चासो राखेको थियो ।

Advertisement

त्यस्तै राजस्व शाखाका कर्मचारीसँग पनि संयोजक रानाभाटले महानगरभित्रका खोला, घाट, नदीको ठेक्का पट्टा, महानगर अन्र्तगतका सटरको भाडा नियमति भए नभएको र उठ्न बक्यौता बारे जिज्ञासा राखेका थिए । त्यस्तै प्रशासन महाशाखा अन्र्तगत महानगरको दरबन्दी संख्या, सरुवा मापदण्ड, नियूक्ती कानून अनुसार छ छैन लगायतका विषयमा समिति सदस्यहरुले जिज्ञासा राखेका थिए ।

प्रशासन महाशाखाका तर्फबाट सहायक प्रशासकिय अधकिृत जितेन्द्रजंग केसी, लेखाका तर्फबाट अधिकृत नारायण सुवेदी र राजस्व शाखा प्रमुख झंकनाथ पौडेलले समितिका संयोजक र सदस्यहरुले सोधेका प्रश्नको जवाफ दिएका थिए । लेखा समितिका सदस्यसचिव आन्तरीक लेखा परिक्षण शाखा प्रमुख रोमनाथ भण्डारीले बैठक सञ्चालन गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया