लखन सहकारीको १४ औं सभा

समाधान संवाददाता २०७९ असोज ५ गते १२:५४

पोखरा ।
लखन बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारण सभा भएको छ । संस्थाका उपाध्यक्ष बुद्धिकुमारी थापाले स्वागत मन्तव्य राख्दै सहकारी संस्था संयुक्त स्वामित्व तथा प्रजातान्त्रिक रुपमा नियन्त्रीत व्यवसाय रहेको बताइन् । जसमा आफ्ना साझा आर्थिक, सामाजिक र साँस्कृतिक आवश्यकता परिपूर्ति गर्न स्वेच्छिक रुपमा एकजुट हुने व्यक्तिहरुको स्वायत्त संगठन रहेको उनले बताइन् ।

कार्यक्रम उद्घाटन गर्दै भूमि व्यवस्था कृषि सहकारी तथा गरिवी निवारण मन्त्री चन्द्रबहादुर बुढा मगरले संस्थाले पैसा बचत गर्न सिकाई आय आर्जनको क्षेत्रमा उल्लेखनिय काम गरी जीवन स्तर उच्च राख्ने काम गरेको प्रति खुशि प्रकट गरे । संस्था प्रति सदा आफ्नो साथ र सहयोग रहने कुरा उनले बताए ।

सहकारीमा सेयर सदस्य ५७७ जना छन् । २०७९ असार मसान्त सम्म सेयर पुँजी रकम ३ करोड ५२ लाख ६२ हजार छ भने निक्षेप बचत तर्फ १ करोड ९०लाख ८३ हजार १५९.३५ छ र कर्जा तर्फ ४ करोड ९५ लाख ९८ हजार ६०७.०९ रहेको छ । र्आिर्थक वर्ष ०८० सम्ममा सेयर सदस्य ८०० पुर्‍याउने र पुँजी १० करोड पुर्‍याउने लक्ष्य रहेको संस्थाका अध्यक्ष पूर्णबहादुर रानामगरले बताए ।

Advertisement

संस्थाको संञ्चालक समिति अध्यक्षमा पूर्णबहादुर रानामगर, उपाध्यक्षमा बुद्धिमाया थापामगर, सचिवमा डिलबहादुर श्रीसमगर, कोषाध्यक्षमा झपटबहादुर रानामगर, सह सचिवमा गोबिन्द सिंजाली मगर, सदस्यमा चिजमाया थापामगर, जूनूकुमारी पुनमगर, पञ्चमाया थापामगर, धनकुमारी डिसुवा मगर, यामबहादुर थापामगर, लक्षुमन पुनमगर, लेखा समितिमा तिलकबहादुर चितौरेमगर, टापबहादुर मास्कीमगर, भावना बुढाथोकीमगर, ऋण उप समितिमा, मिनबहादुर रानामगर, भुपाल थापामगर, होमबहादुर थापामगर, शिक्षा समितिमा रुद्र श्रीसमगर, टोपबहादुर थापामगर, मिना थापामगर रहेका छन् ।

कार्यक्रममा जनचेतना सहकारी संस्थाका अध्यक्ष महेन्द्र आलेमगर, नेपाल मगर संघ कास्कीका अध्यक्ष संगीता पुनमगर, रजिष्टार कार्यालय गण्डकीका प्रमुख रमेश घर्तिमगरले संस्थाले गरेको काम प्रति आफ्नो धारणा राखेका थिए ।

Advertisement

कार्यक्रमको अध्यक्षता अध्यक्ष रानाले गरेका थिए । कोषाध्यक्ष रानाले प्रतिवेदन प्रस्तुत गरेका थिए भने कार्यक्रम संञ्चालन सचिव श्रीसले गरेका थिए ।

तपाईको प्रतिक्रिया