टेलिकमको कम्बो अफर

समाधान संवाददाता २०७९ असोज ५ गते १७:५३

पोखरा ।
नेपाल टेलिकमले आफ्ना प्रिपेड ग्राहकका लागि किफायती मूल्यका दैनिक प्रयोग गर्न सकिने साथै मासिक रुपले प्रयोग गर्न सकिने सजिलो प्रिपेड कम्बो अफर उपलब्ध गराएको छ । प्रिपेड मोबाइलका ग्राहकका लागि कम्पनीले यही असोज २ गतेदेखि १ सय ९९ देखि ६ सय ९९ रुपैयाँसम्मका भ्वाइस, डाटा र सन्देश पठाउन सकिने प्याक ल्याएको हो ।

एक पटक लिएपछि २८ दिनसम्म प्रयोग गर्न सकिने यस अफर अन्तर्गत १ सय ९९ रुपैयाँमा ४ हजार २ सय एमबी (दैनिक १५० एमबी) डाटा, ४ सय २० मिनेट (दैनिक १५ मिनेट) कुराकानी र ४ सय २० (दैनिक १५) वटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ । ३ सय ४९ रुपैयाँमा १४ हजार एमबी (दैनिक ५ सय एमबी) डाटा, १४ सय मिनेट (दैनिक ५० मिनेट) कुराकानी र १४ सय (दैनिक ५०) वटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ ।

यस्तै, ४ सय ९९ मा १९ हजार ६ सय एमबी (दैनिक ७ सय एमबी) डाटा, १ हजार ९ सय ६० मिनेट (दैनिक ७० मिनेट) कुराकानी र १ हजार ९ सय ६० (दैनिक ७०) वटा सन्देश पठाउन सकिने सुविधा प्रयोग गर्न सकिन्छ । यस अफरअन्तर्गत ६ सय ९९ मा २८ जिबी (दैनिक १ जिबी) डाटा, २ हजार सय मिनेट (दैनिक सय मिनेट) कुराकानी र २ हजार ८ सय (दैनिक सय) वटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ । अफर अन्तर्गत उपलब्ध सबै सुविधा खरिद गरेको मितिदेखि २८ दिनसम्म सबै नेटवर्कमा प्रयोग गर्न मिल्ने टेलिकम प्रवक्ता शोभन अधिकारीले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया