नर्सिङ क्याम्पस कर्मचारी संघ सभापतिमा हसिना

समाधान संवाददाता २०७९ असोज ६ गते १२:४४

पोखरा ।
त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्यन संस्थान पोखरा नर्सिङ क्याम्पस, पोखराको कर्मचारी संघ इकाइ सभापतिमा हसिना बस्नेत निर्वाचित भएकी छन् । समितिमा उपसभापतिमा लक्ष्मणप्रसाद घिमिरे, सचिव मोक्षदा ढकाल र सहसचिव सुरज केसी छन् ।

बुधबार भएको अधिवेशनले बस्नेतको अध्यक्षतामा सर्वसम्मत ७ सदस्यीय कार्यसमिति चुनेको निर्वाचन उपसमिति संयोजक उपप्राध्यापक रीता पाठकले जानकारी दिइन् । क्याम्पस प्रमुख नीता ताम्राकारले निर्वाचित कार्यसमितिलाई बधाई ज्ञापनसहित प्रमाणपत्र वितरण गरिने ।

कार्यक्रममा प्राध्यापक संघ इकाइ समिति सहसचिव उपप्राध्यापक रञ्जिता कर्माचार्य, प्रशासन प्रमुख प्रजापति पराजुली, शाखा अधिकृत धनबहादुर थापा, ज्ञानकुमारी पराजुली लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया