कास्की प्रहरीलाई प्रश्नः २ हजारभन्दा बढी फरारलाई कहिले पक्रने ?

सुरेशराज अधिकारी
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख ओमबहादुर रानाले गत जेठमा पत्रकार सम्मेलन गरी ११ बुँदे कार्ययोजना सार्वजनिक गरे । तर उनको कार्ययोजनाका केही बुँदा कागजमै सीमित रहे ।
उनको कार्यायोजनाको ६ नम्बर बुँदामा राखिएको ‘न्यायिक निकायसँगको समन्वयमा फरार अपराधीको पक्राउ तथा कारबाही’ गर्ने भनिएको छ । तर गत भदौदेखि पक्राउ पुर्जी जारी भएका १९ आरोपतिलाई प्रहरीले पक्राउ गर्न सकेको छैन ।
गत साउनमा जबजरस्ती करणीमा १ जना र लागुऔषध कारोबारको आरोपमा जिल्ला अदालतले पुर्जी काटेका २ जना फरार छन् । जबरजस्ती करणीमा भदौमा १ जना र फागुनमा ४ जनालाई पुर्जी काटेको थियो । तिनीहरु फरार छन् । कात्तिकमा लागुऔषधको मुद्दामा ३ र ज्यानमार्ने उद्योगमा १ जनालाई पक्राउ पुर्जी काटिएको छ । पुसमा लागुऔषध मुद्दामा १ जनालाई पक्राउ पुर्जी जारी गरे पनि पक्राउ परेका छैनन् ।
माघमा लागुऔधषको मुद्दामा ४ जना, चैतमा कर्तव्यज्यानसम्बन्धी कसुरमा २ जनालाई पक्राउ पुर्जी काटेपनि आरोपित फरार छन् ।
कास्की जिल्ला अदालतमा गत फागुनसम्मको सूचीमा कैदमात्र लागेका ४ सय ६४ जना, जरिवानामात्र लागेका १ हजार ३ जना र कैद जरिवाना दुवै लागेका ६ सय १९ जना गरी २ हजार ८६ जना फरार सूचीमा रहेको स्रेस्तेदार लोकनाथ पराजुलीले बताए ।
११ बुँदामा ‘छुट्टाछुट्टै स्क्वायर (पिलर) खडा गरी अपराधीको खोजतलास तथा कारबाही’ गर्ने भनिएको छ । तर गएको कात्तिकको ११ गते बेलुका माछापुच्छ«े गाउँपालिका ८ नयाँपुलकी ७९ वर्षीया ज्येष्ठ नागरिक कौशिला गुरुङको उनकै घरमा ढुंगाले हानेर हत्या भएकोमा प्रहरीले ६ महिनासम्म दोषी पक्राउ गर्न सकेन ।
सार्वजानिक गरिएको बुँदाको ५ नम्बरमा ‘चोरी, लुटपाट, कालोबजारी न्यूनीकरण’ छ । पोखरा महानगरका वडा कार्यालयमा पछिल्लो समय चोरी बढेको छ । लगभग ७ महिनाभित्र पोखरा महागनरका ७ वटा वडामा चोरी भए ।
पोखरा महानगरपालिकाका ५, १२, १३, १४, १५, १६, २९ वडा कार्यालयमा भदौ यता चोरी भएका छन् । चोरी गर्ने व्यक्तिको भिडियो सिसिटीभी फुटेजमा कैद छ । सिसिटिभीले कैद गरेको भिडियो जिल्ला प्रहरी कार्यालय कास्कीमा पुगेको माघमा नै हो तर अहिलेसम्म प्रहरीले चोर पक्रन सकेको छैन ।








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया