खेलकुद

भलिबलको दुई पावरबीच सेमी फाईनल भिडन्त । ताक्लुङ ( ३¬¬–१ )को सेटमा बिजयी

पहिलो सेमी फाईनल खेलमा निर्मल स्पोर्टिङ क्लव लेतेलाई ( ३–१ )को सेटमा हराउँदै अन्नपूर्ण युवाक्लव ताक्लुङ फाईनल प्रवेश

सुन्दरकुमार थकाली २०७९ असोज ७ गते १२:१६
लेते भर्सेस ताक्लुङ

ताक्लुङ :
थाक खेलकुद तथा सांस्कृतिक विकास संघ मुस्ताङले आयोजना गरेको ५० औं थाक खेलकुद तथा च्याम्पियनसीप रनिङशील्ड प्रतियोगिता अन्तर्गत शुक्रबार भएको पहिलो सेमी फाईनल खेलमा निर्मल स्पोर्टिङ क्लव लेतेलाई ( ३–१ )को सेटमा हराउँदै अन्नपूर्ण युवाक्लव ताक्लुङ फाईनल प्रवेश गरेको छ ।
समुह चरणमा घाँसा,मार्फा र टुकुचेलाई सोझो ३ सेटमा पराजित गर्दा ग्रुप ए मा समुह विजेता बनेको लेते र ग्रुप बि बाट जोमसोम र स्याङ र मार्फालाई हराउँदै समुह चरणको उपविजेता बनेको ताक्लुङबीच सेमी फाईनल प्रतिस्पर्धा भएको हो ।अन्नपूर्ण क्लव ताक्लुङले (२५–१९,२५–२३,२५–२३¬) अंक हासिल गरी फाईनल प्रबेश गरेको हो । यस्तै,लेतेले ( २५–१९) अंक हासिल गरी एक सेट जितेको हो । योसंगै अब हुने दोश्रो सेमी फाईनलको प्रतिस्पर्धी समुह बि को विजेता धौलागिरी क्लव कोवाङ र समुह बि को उपविजेता मिलिजुली क्लव मार्फाबीचको विजेतासंग शनिबार फाईनल प्रतिस्पर्धा गर्नेछ ।
यस्तै, थाक च्याम्पियन अन्तर्गत शुक्रबारदेखि महिला नकआउट चरणको भलिबल खेल संञ्चालन भईरहेको छ ।

लेते भर्सेस ताक्लुङ

Advertisement

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया