छन्त्याल युवा संघ कास्कीमा मोहन

पोखरा ।
नेपाल छन्त्याल युवा संघ कास्कीको अध्यक्षमा मोहन छन्त्याल सर्वसम्मत भएका छन् । जिल्लाको १२ औं साधारणसभा तथा छैटौं जिल्ला अधिवेशनबाट छन्त्यालको नेतृत्वमा ३ वर्षे कार्यकालका लागि नयाँ समिति चयन भएको हो ।
समितिको उपाध्यक्षमा सुजन छन्तयाल, सचिव नवीन छन्त्याल र कोषाध्यक्षमा मविना छन्त्याल छन् । राम छन्त्याल, ठमबहादुर छन्त्याल, चन्द्रबहादुर छन्त्याल, श्रीप्रसाद छन्त्याल, नितु छन्त्याल र रञ्जिता छन्त्याल सदस्य चुनिएका छन् ।
सुबेदार धन बहादुर भलञ्जा छन्त्यालको नेतृत्वमा रहेको नेपाल छन्त्याल संघ कास्की र माया तथप्जा छन्त्यालको नेतृत्वमा रहेको महिला समितिमा भने सर्वसम्मतिमा पुरानै कार्यसमिति यथावत राखिएको युवा समिति सचिव नवीनले जानकारी दिए ।
छन्त्याल समाजले हरेक वर्ष माघे संक्रान्तिको अवसरमा पोखरा ३ नदीपुरको आफ्नै खेलमैदानमा पुरुष तथा महिला भलिबल प्रतियोगितासँगै विभिन्न मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको छ । यस वर्ष पनि कार्यक्रमको तयारीमा जुटेको नवनिर्वाचित सचिव छन्त्यालले बताए ।
‘हामीले हरेक वर्ष माघे संक्रान्तिको अवसरमा मेला आयोजना गर्दै आएका छौं,’ उनले भने, ‘यो वर्षपनि हामीले मेला गर्ने भनेर तयारी छौं । के, कसरी अझ ऐतिहासिक मेला गर्न सक्छौं भनेर कसरतमै लागिरहेका छौं ।’ नवनिर्वाचित समितिले पोखरामै देउसी भैलो खेल्ने निर्णय गरेको छ । पछिल्लो समय कला संस्कृतिको संरक्षणको नाममा विकृति बताउँदै उनले मौलिकता झल्कने गरी देउसी भैलो कार्यक्रम आयोजना गरिने जानकारी दिए ।








सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दीमा
लेखनाथमा भोलिबाट महोत्सव
मादी पुल वैशाखभित्रै बन्ने
सम्पादकीय—निर्वाचन सुरक्षा र प्रहरी प्रशासनको दायित्व
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया