पुम्दीभुम्दी सहकारीको सभा

समाधान संवाददाता २०७९ असोज ९ गते १३:५९

पोखरा ।
पोखरा २२ को पुम्दीभुम्दी बचत तथा ऋण सहकारी संस्थाको चौथो वार्षिक साधारण सभा शनिबार भएको छ । सभामा गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल (जीवन)ले पुम्दीकोटसँगै अब पुम्दीभुम्दीका अन्य पर्यटकीय स्थल प्रबद्र्धन हुने बताए । उनले कृषि उत्पादनको हिसाबले उर्बर पुम्दीभुम्दीमा जमिन बाँझो नराख्न आग्रह गरे ।

Advertisement

उनले सहकारीहरुलाई वस्तु उत्पादन गर्नेतर्फ केन्द्रित हुन सुझाव दिए । मन्त्री बरालले पुम्दीकोटसँगै, निगालेडाँडा, थाप्लेडाँडा, पञ्चासे लगायतका क्षेत्रमा पर्यटक जाँदा उनीहरुलाई बेच्ने स्थानीय उत्पादन तयार गर्न आग्रह गरे । जिल्ला समन्वय समिति कास्की प्रमुख लीलाधर पौडेलले कालो धन लुकाउने माध्यम सहकारी बनाउन नहुने उल्लेख गरे । नेप्सकुनकी यामकला सुवेदीले संस्थागत पुँजी बढाउन आग्रह गरिन् ।

राष्ट्रिय सहकारी बैंकका नरेश पाण्डेले कृषि उत्पादनको प्रबल सम्भावना भएको पुम्दीभुम्दीमा त्यसको सम्भावना खोज्य सहकारीलाई सुझाए । पर्यटन कृषि सहकारीका अध्यक्ष डिल्लीराम बरालले २० प्रतिशत रकम उत्पादन क्षेत्रमा लगानी गर्न आग्रह गरे । सल्लाहकार प्रकाश बरालले महिला र युवा अघि बढे समृद्धिको आधार खडा हुने विचार राखे ।

Advertisement

संस्थाका अध्यक्ष यामकुमार बरालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघ कास्की अध्यक्ष सावित्रा कोइराला, सल्लाहकार शिवराज बराल, सहकारी अभियान्ता तारानाथ पौडेल, सक्रिय महिला बचत तथा ऋण सहकारी अध्यक्ष लक्ष्मी बराल, उपाध्यक्ष लक्ष्मीप्रसाद बराल, सचिव प्रमोद बराल लगायतले बोलेका थिए ।

५ सय ९५ सेयर सदस्य रहेको यो सरकारीको चुक्ता पुँजी १ करोड ७२ लाख रहेको कोषाध्यक्ष अम्बिका बरालले जानकारी दिए । संस्थाले ३ करोड ५१ लाख ८२ हजार २ सय २६ रुपैयाँ ऋण लगानी गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया