सर्वेश्वर सहकारीको साधारण सभा

समाधान संवाददाता २०७९ असोज ९ गते १७:४४

लेखनाथ ।
सर्वेश्वर बचत तथा ऋण सहकारी संस्थाको तेस्रो बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै, राष्ट्रिय सहकारी बैंक लिमिटेड तालचोक शाखाका प्रवन्धक सन्तोष घिमिरेले जोखिमको पूर्व आंकलन गरेर सहकारीले कर्जा प्रवाह गर्नुपर्नेमा जोड दिए ।

प्रबन्धक घिमिरेले पछिल्लो समय एक दुई सहकारीले वित्तिय अनुशासन पालन नगर्दा समग्र सहकारी त्यसको प्रभावमा परेको उल्लेख गरे । सहकारीले आफ्ना सदस्य परिवार भित्र निक्षेप संकलन र कर्जा प्रवाहलाई सुदृढ बनाए वित्तिय जोखिम कम हुने उल्लेख गरे ।

सहकारी संस्थाका अध्यक्ष चक्रवहादुर शाहीको अध्यक्षतामा भएको साधारण सभामा शेयर सदस्य एवं संचारकर्मी नवराज सापकोटा, सहकारीका सल्लाहकार चन्द्रकान्त पौडेल, बरिष्ठ उद्घोषक नेत्रपाणि बास्तोला, शेयर सदस्य सुर्यमणि लामिछाने, लेखा समितिका संयोजक बिष्णु सुवेदी, संस्थाका उपाध्यक्ष डम्बर प्रसाद अधिकारी लगायतले सहकारीले शेयर सदस्यलाई बोनस भन्दा पनि सुविधा दिनु पर्नेमा जोड दिएका थिए ।

Advertisement

कार्यक्रममा ७० बर्ष नाघेका झण्डै एक दर्जन जेष्ठनागरिकलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । साधारण सभाले अध्यक्ष चक्रबहादुर शाही र कोषाध्यक्ष सुर्यप्रसाद पौडेलको प्रतिवेदन अनुमोदन गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया