८० तमु विद्यार्थीलाई छात्रवृत्ति
पोखरा ।
उच्च शिक्षा हाम्रो लक्ष्य नाराका साथ क्रियाशील तमु सांस्कृतिक प्रतिष्ठान नेपालले सोमबार पोखरामा ८० तमु विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । गण्डकी प्रदेशका ग्रामीण भेगमा सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिइएको हो ।
कार्यक्रममा पृथ्वीनारायण क्याम्पसरमा प्राध्यापनरत उपप्राध्यापक कमल गुरुङ, तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, तमु प्ये ल्हु संघका अध्यक्ष हितकाजी गुरुङ, प्रतिष्ठानका संस्थापक उपाध्यक्ष दुर्गाबहादुर गुरुङ, निवर्तमान अध्यक्ष चिजकाजी गुरुङ, अक्षयकोषदाता तमु धिं युकेका पूर्व अध्यक्ष मुछेत्र गुरुङ, प्रतिष्ठानका अध्यक्ष चित्रबहादुर गुरुङ लगायतले विभिन्न अक्षयकोषदाताहाट स्थापित कोषबाट जनही ८ हजार छात्रवृत्ति वितरण गरे ।
वार्षिक १ सय ५० जनालाई छात्रवृत्ति प्रदान गर्दै आएको प्रतिष्ठानले पहिलो चरणमा गण्डकी प्रदेशका कास्की र वरपरका जिल्लाका तमु विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको हो भने यसपश्चात देशैभरमा छनोट भएका अन्य तमु विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्ने जनाएको छ ।
प्रतिष्ठानका अध्यक्ष चित्रबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा तमु विद्यार्थी समितिको तर्फबाट प्रतिष्ठानबाट छात्रवृत्ति प्राप्त गरी १० जोड २ उत्तीर्ण गरेका विद्यार्थीलाई बधाई तथा सम्मान कार्यक्रम गरिएको थियो । कार्यक्रममा सचिव रेनु गुरुङ, उपाध्यक्ष श्रीजंग गुरुङ, कञ्चन गुरुङ, तेजबहादुर चाक्ली तमु लगायतले बोलेका थिए ।








६० सहसचिवको सरुवा, गण्डकीमा ५ सचिव आउँदा २ जना बाहिरिए
सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया