लेखनाथमा अनुगमन, ६ पसललाई कागजपत्रसहित उपस्थित हुन निर्देशन
समाधान संवाददाता
२०७९ असोज १३ गते १२:५४

पोखरा ।
पोखरा महानगरपालिकाले बजार अनुगमनलाई निरन्तरता दिएको छ । महानगरपालिकाको उपभोक्ता हित संरक्षण समितिले एक सातादेखि बजार अनुगमन गरिरहेको छ । पोखराका मुख्य बजारका पसलमा अनुगमन गरिएको हो ।
बुधबार पोखरा २६ र २७ का ५ खाद्य पसलमा अनुगमन भएको छ । अनुगमनमा मूल्यसूची नभएको, पसल दर्ता र दर्ता भएका पसल नवीकरण नभएका तथा म्याद नाघे खाद्य सामग्री र नापतौल दर्ता र नवीकरण नभएको फेला परेको महानगर उपभोक्ता हित संरक्षण समितिका सदस्यसचिव भरतराज पौडेलले जानकारी दिए ।
६ पसलका सञ्चालनलाई सम्पूर्ण कागजपत्रसहित महानगरपालिका, नापतौल तथा गुणस्तर कार्यालय ३ दिनभित्र उपस्थित हुन निर्देशन दिइएको पौडेलले बताए । पोखरा २६ का वडाध्यक्ष नरेन्द्र थापाले पसल सञ्चालन गर्दा दर्ता गरी बैधानिक रुपमा चलाउन अनुरोध गरे ।
सम्बन्धित








सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया