शनिबार एमालेको शुभकामना कार्यक्रम

समाधान संवाददाता २०७९ असोज १३ गते १३:३५

पोखरा ।
नेकपा एमाले जिल्ला कमिटी कास्कीले असोज १५ गते शुभकामना तथा चियापान गर्ने भएको छ । पोखरा सभा गृह हलमा हुन लागेको कार्यक्रममा विजयादशमी, दिपावली, छठ, ईद एवं नेपाल सम्वत् ११४३ को अवसरमा शुभकामना आदानप्रदान गरिने नेकपा एमाले जिल्ला कमिटी कास्कीका उपसचिव दर्शन लामाले जानकारी दिए ।

Advertisement

कार्यक्रमको मुख्य अतिथिमा एमालेका महासचिव रहने लामाले जानकारी दिए । कार्यक्रममा सम्पूर्ण जिल्लावासीलाई उपस्थितिको लागि आग्रह गरिएको उनले बताए ।

तपाईको प्रतिक्रिया