अन्नपूर्णमा भलिबल प्रतियोगिता सम्पन्न

समाधान संवाददाता २०७९ असोज १३ गते १९:५६

पोखरा । अन्नपूर्ण गाउँपालिका १ मा सुगम युवा क्लबको आयोजनामा भलिबल प्रतियोगिता सम्पन्न भएको छ । भदौ १३ देखि १४ गते सम्म दुई दिन प्रतियोगिता चल्ने छ ।

प्रतियोगितामा आयोजक टिम सुगम युवा क्लब अन्नपूर्ण १ फल्लापानी, अनुपम युवा क्लब अन्नपूर्ण १ , एन.एस.वाई सि. पुरैनचौर , मिसन युथ क्लव अन्नपूर्ण १, भुमेश्वरि युथ क्लव लुयरा, मिसन युथ क्लव अन्नपूर्ण १, सुरक्षा मार्ग टिम पोखरा महानगरपालिका हेमजा बिच प्रतिस्पर्धा भएको थियो । अन्नपूर्ण गाउँपालिका अध्यक्ष बिष्णु बहादुर केसीको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रमको समुद्घाटनपछि बोल्दै अध्यक्ष केसीले खेलकुद जस्ता अतिरिक्त क्रियाकलापले व्यक्तिगत स्वास्थ्य र समाज अनुसाशित रहने बताए ।

क्लबका अध्यक्ष होमनाथ दाहालको अध्यक्षतामा सन्चालन भएको कार्यक्रम सञ्चालन दाहाल युवा सञ्जालका उपाध्यक्ष इन्द्र प्रसाद दाहाले गरेका थिए । खेल आयोजक समितिका सल्लाहकार संयोजक तथा पूर्व शिक्षक छबिलाल दाहालले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष चन्द्रा देवकोटा, शिक्षा तथा खेलकुद बिभाग प्रमुख बलराम भुगाई , स्थानीय जनप्रतिनिधिहरू , टोल विकासका अध्यक्ष, सामुदायिक वनका अध्यक्ष, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षकहरू, खेलप्रेमी गाउँबासीको उल्लेख्य उपस्थिति रहेको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया