विपीलाई सम्झें, माटाेलाई साेधें र उम्मेद्वारी दिने निर्णय गरे–महादेव गुरुङ

पाेखरा ।
आफ्नै पार्टी नेतृत्वकाे सत्ता गठबन्धनका विरुद्ध विद्राेह गर्ने निर्णय गरेका नेपाली कांग्रेसका पुराना नेता महादेव गुरुङले विपीकाे आदर्श र भनाईलाई मनन गरेर यस्ताे निष्कर्षमा पुगेकाे बताएका छन् ।
गुरुङले कास्की जिल्ला निर्बाचन क्षेत्र नम्बर २ बाट उमेद्वारी दिने भएका हुन् । याे निर्बाचन क्षेत्र सत्ता गठबन्धनकाे भागबण्डामा नेकपा एकिकृत समाजवादीकाे भागमा परेकाे छ । सत्ता गठबन्धनबाट नेकपा एसका श्रीनाथ बरालले टिकट पाएका छन् ।
के तपाईले पार्टी नेतृत्वकाे निर्णय विरुद्ध विद्राेह गर्दै हुनुहुन्छ भन्ने समाधानकाे प्रश्नमा उनले भने– हाे मैले विद्राेह गर्दै छु, मुलुक बचाउनका लागि मैलै चुनाव लड्नै पर्ने भयाे ।
यस्ताे निर्णय लिनु अघि आफूले विपीलाई सम्झेकाे बताउदै गुरुङले भने– विपीले भन्नु भएकाे सम्झे, जब मुलुक संकटमा पर्छ त्याे बेला मुठी माटाे हातमा लिएर त्याे माटाेलाई साेध, माटाेले जे भन्छ त्यही गर । मैले यसै गरे र माटाेले मलाई निर्बाचन लड्न आदेश दियाे । मेराे उमेद्वारी मुलुक जाेगाउन र हिन्दु राज्य पुनस्थापना गर्नका लागि हाे ।









टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया