नवौँ राष्ट्रिय खेलकुद: मधेश प्रदेश विजयी

पोखरा ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले विजयी शुरुवात गरेको छ । पोखरा रंगशालामा आइतबार भएको उद्घाटन खेलमा मधेशले आयोजक गण्डकी प्रदेशलाई ४० रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
मधेश प्रदेशले दिएको ७८ रनको लक्ष्य पछ्याएको आयोजक गण्डकी प्रदेश १९ ओभरमा ३७ रनमै समेटिन पुग्यो । गण्डकी प्रदेशका लागि शिला क्षत्रीले जोडेको १० रन नै सर्वाधिक रन बन्न पुग्यो । अन्य कुनैपनि व्याट्सउमनले दोहोरो आँकडाको योगफल जोडन सकेनन् ।
ओपनर सृजना पौडेलले ३६ बलको सामना गर्दै ७ बनाइन् । अर्की ओपनर कुसुम गोदार पहिलो बलमा नै एलबीडब्लु धरापमा पर्दै पवेलिएन फर्कीइन् । ज्योत्सिना मरासिनी ५ रन जोड्दा रन आउट भइन । कप्तान सृष्टि जैसी ३ तथा अञ्जली विश्वकर्मा र सिमाना केसी समान २ रनमा आउट भए । सुजिता थापा र श्रद्धा गुरुङ शुन्यमै आउट भए ।
मधेश प्रदेशकी अनुराधा चौधरीले आफ्नो स्पेलमा १ मेडन राख्दै ८ रन खर्चेर ४ विकेट लिइन । कविता गौतम र शान्ती चौधरीले समान २ विकेट लिए । सन्तोषी चौधरीले एक विकेट लिइन् ।
त्यसअघि पोखरा रगंशालाको क्रिकेट स्टेडियममा गण्डकीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको मधेश प्रदेशले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ७७ रनको योगफल तयार पारेको थियो । मधेस प्रदेशकी सरस्वती कुमारीले सर्वाधिक १५ रनको योगदान दिईन् । ]
सरस्वती १५ र रोजी कडारी ९ रनमा नटआउट रहे। साना प्रविन र एलिसा यादवले समान १४ रन थपे । सन्तोषी चौधरी र शान्ती चौधरीले समान ८ रन बनाए। गोमा आले १ रनमा रनआउट भईन् । कप्तान कविता गौतम, अनुराधा चौधरी, सबनम खातुन शुन्य रनमा आउट भए ।
मधेश प्रदेशलाई कम स्कोरमा रोक्न गण्डकी प्रदेशकी आकृती तिवारी एक्लैले ३ विकेट लिईन् । उनले आफ्नो स्पेलमा १२ रन दिईन्। कुसुम गोदारले दुई तथा सृष्टि जैसी र शिला क्षत्रीले समान एक विकेट झारे । खेलमा मधेशका अनुराध चौधरी प्लेयर अफ द म्याच भइन् ।
यसअघि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र राष्टिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले बलिङ व्याटिङ गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए ।









निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा चुनावमा क–कसलाई लाग्छ आचारसंहिता ?
पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया