मुस्ताङ : रास्वपाबाट सुदेश गुरुङको पहिलो उम्मेदवारी दर्ता

समाधान संवाददाता २०७९ असोज २३ गते १५:५२

जोमसोम– राष्ट्रिय स्वतन्त्र पार्टीका मुस्ताङ जिल्ला अध्यक्ष सुदेश गुरुङले मुस्ताङमा उम्मेदवारी दर्ता गराएका छन् । आगामी मंसिर ४ गते हुँने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आईतबार दिउँसो २ बजे गुरुङले आफ्नो उम्मेदवारी दर्ता गएका हुन् ।

Advertisement

रवि लामिछाने नेतृत्व रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट गुुरुङले उम्मेदवारी दर्ता गराएकासंगै हिमाली जिल्ला मुस्ताङमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीको उपस्थिती भएको देखिएको हो ।

प्रतिनिधि सभाका लागि उम्मेदवार बनेका गुरुङको प्रस्तावकमा घरपझोङ–५ ढुम्बाका प्रेमबहादुर गुरुङ र प्रस्तावकमा घरपझोङ–४ जोमसोमका सन्तोष गुरुङ छन् ।
उम्मेदवार गुरुङको सबै मनोनयपत्र दर्ताको कागजात बुझेर मुख्य निर्वाचन अधिकृत ईश्वर पराजुली उम्मेदवारी दर्ता प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
मुस्ताङका युवा हस्ती उम्मेदवार गुरुङ मुस्ताङको घरपझोङ–५ ढुम्बा निवासी हुन् । उनलाई केहीदिन अघि राष्ट्रिय स्वतन्त्र पार्टीको काठमान्डौंमा बसेको उम्मेदवार छनौट बैठकले सर्वसम्मत उम्मेदवार तय गरेको थियो ।राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गुरुङले प्रतिनिधि सभा निर्वाचन जित्ने दावी समेत गरेका छन् ।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले काठमान्डौंमा मुस्ताङी जनतासंग भेटघाट तथा अन्तरक्रिया गरेको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया