कास्की ३ मा एमालेका बास्तोलाले दिए स्वतन्त्र उम्मेदवारी

समाधान संवाददाता २०७९ असोज २३ गते २०:४५

पोखरा ।

Advertisement

नेकपा एमालेका कास्की नेता जगननाथ बास्तोलाले कास्की क्षेत्र नम्बर ३ मा स्वतन्त्र उम्मेदवारी दिएका छन् । कास्की ३ मा एमालेले दामोदर बैरागीलाई उम्मेदवार बनाएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

यस क्षेत्रबाट उनको नाम पनि केन्द्रमा सिफारिस भएको थियो । तर टिकट बैरागीले पाएपछि बास्तोलाले स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन् ।

यसअघिका तीन निर्वाचनमा पनि नाम गएको र अन्तिममा काँटिदै आएको र अहिलेपनि काटिएपछि स्वतन्त्र उम्मेदवारी दिएको बास्तोलाले बताए ।

‘म गुट हैन, एमाले पार्टी हो भनेर काम गरें । अहिले गुटकै सिकार भएँ,’ उनले समाधानसँग भने, ‘म कसैलाई हराउन बागी उठेको होइन, स्वतन्त्र उठेको हुँ ।’

Advertisement

उनी एमाले गण्डकी प्रदेश कमिटीको सचिवालय सदस्य हुन् ।

तपाईको प्रतिक्रिया