प्रत्यक्षतर्फ ५७ पार्टीकाे दर्ता

काठमाडौं ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ५७ राजनीतिक दलले उम्मेदवारी दर्ता गराएका छन् । ती दलले १ हजार ४ सय ३३ पुरुष र १ सय ५० महिला उम्मेदवार उठाएका छन् ।
निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार ८ सय ५८ पुरुष र ८५ महिला गरी ९ सय ४३ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभा सदस्यका लागि पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) तर्फ २ हजार २ सय ९१ पुरुष र २ सय ३५ महिला गरी २ हजार ५ सय २६ को उम्मेदवारी परेको छ ।
प्रत्यक्षतर्फ प्रदेश नं १ मा ५सय ४८ जनाले उम्मेदवारी दिएका छन् । ४ सय ९३ पुरुष र ५५ महिलाले उम्मेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ । प्रदेश एकमा ३० दल र स्वतन्त्रले उम्मेदवारी दिएको जनाइएको छ । मधेस प्रदेशमा प्रत्यक्षतर्फ १ हजार ५५ जनाको उम्मेदवारी परेको छ । ९ सय ७८ पुरुष, ७६ महिला र अन्यमा १जनाले उम्मेदवारी दिएका छन् । मधेशस प्रदेशमा ३७ दल र स्वतन्त्रले उम्मेद्वारी दिएका छन् ।
वाग्मती प्रदेशमा ३२ दल र स्वतन्त्रले गरी प्रत्यक्षतर्फ ७ सय १ जनाको उम्मेदवारी परेको छ । जसमा पुरुष ६ सय १९ र महिला ८२ छन् । गण्डकी प्रदेशमा २३ दल र स्वतन्त्र गरी प्रत्यक्षतर्फ २ सय ७१ जनाको उम्मेदवारी परेको छ । जसमा पुरुष २ सय ३७ र महिला ३४ जना छन् ।
लुम्बिनी प्रदेशमा प्रत्यक्षतर्फ २५ राजनीतिक दल र स्वतन्त्र गरी ५ सय ३२ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिनेमा ५ सय पुरुष र ३२ महिला छन् । कर्णाली प्रदेशमा प्रत्यक्षतर्फ १६ राजनीतिक दल र स्वतन्त्र गरी १ सय ४३ जनाको उम्मेदवारी परेको छ । जसमा १ सय ३९ पुरुष र ४ महिलाको उम्मेदवारी रहेको आयोगले जनाएको छ ।
यसैगरी सुदूरपश्चिम प्रदेशमा प्रत्यक्षतर्फ २० राजनीतिक दल र स्वतन्त्र गरी २ सय २६ जनाको उम्मेदवारी परेको छ । जसमा २ सय १२ पुरुष र १४ महिलाको उम्मेदवारी परेको जनाइएको छ । यो तथ्यांक सोमबार साँझसम्म आयोगको प्रणालीमा प्रविष्ट भएका आधारमा सार्वजनिक गरिएको हो ।
तपाईको प्रतिक्रिया