नवौं राष्ट्रिय खेलकुद
पुरुष भलिबल भोलिदेखि

पोखरा ।
पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष भलिबल खेल शुक्रबारदेखि हुँदैछ । शुक्रबार हुने उद्घाटन खेलमा समूह ‘ए’ तर्फ नेपाल पुलिस क्लबले कर्णाली प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ । यो समूहमा रहेको अर्को टोलीमा लुम्बिनी प्रदेश रहेको छ ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुने पुरुष भलिबलमा ११ टिमले सहभागिता जनाउँदैछन् । सहभागीलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘बी’ मा त्रिभुवन आर्मी, प्रदेश १ र मधेस प्रदेश, समूह ‘सी’ मा एपीएफ, एनआरएनए र सुदूरपश्चिम तथा समूह ‘डी’ मा गण्डकी र वाग्मती प्रदेश छन् ।
लिगकम नकआउटका आधारमा हुने प्रतियोगितामा समूहका शीर्ष दुई टिम क्वाटरफाइनल पुग्नेछन् । तालिकाअनुसार समूह ‘डी’ मा दुई टिममात्र रहेकाले गण्डकी र वाग्मती सिधै क्वाटरफाइनल पुगेका छन् । दुवैले अब समूह विजेता बन्न प्रतिस्पर्धा गर्नेछन् ।
पुरुष भलिबलको फाइनल कात्तिक ३ मा हुनेछ । महिला भलिबल भने म्याग्दीमा बिहीबारबाट सुरु भएको छ ।









ग्रीन डेभलपमेन्ट बैंकको लाभांश पारित, सेयरधनीले ८ प्रतिशत बोनस पाउने
प्रजातन्त्र सेनानी कर्णशंकर पालिखेको निधन
तानातानबीच रतनपाण्डे माविमा प्रधानाध्यापक बनिन् संगीता पोखरेल
पोखराका ताल–सिमसार क्षेत्रमा प्रजाति विविधता घट्यो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया